
निशा राई/खोटेहाङ खोटााङ
बैशाख–१५, खोटाङस्थित खोटेहाङ गाउँपालिकाले बिभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो बार्षिकोत्सब मनाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले बिहिबारदेखि मनाउन शुरु गरेको पहिलो बार्षिकोत्सब शनिबार बिभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रर्दशनी गर्दै सम्पन्न गरेको हो ।
बार्षिकोत्सबको अवसरमा किरात राई समुदायले साकेला शिली, नेवार समुदायको लाखे र ठाकठुके, मगरको हुर्रा, तथा तामाङ समुदायले सेलो नाच प्रस्तुत गरेर कार्यक्रमलाई रौनकता दिएका थिए । जिल्लाको पुरानो सदरमुकाम समेत रहेको गाउँपालिकाको केन्द्र खोटाङबजारमा आयोजित बार्षिकोत्सबको समापनमा प्रदेशसभा सदस्य उषाकला राई लगायत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

दुवैतर्फका बिजयी प्रथम, द्वितीय र तृतीय समुहले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैंयाँका साथमा कप र मेडल प्राप्त गरेको अध्यक्ष राईले जनाउनुभयो । बिजेता समुहलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य राई, नेकपा एमालेका जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल, स्वयम गाउँपालिका अध्यक्ष राई तथा उपाध्यक्ष कबिता राई लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ पाँच समुह सहभागी बनेका थिए ।