
फागुन–४, बालबालिका तथा अपांगलाई निर्देशिका अनुशार बजेट बिनियोजन नगरिएको भन्दै खोटाङको धितुङस्थित बाल मञ्च र आपाङ्ग सेवा संघले पुनः गाउँ परिषद गर्न माग गरेका छन् ।
बुधबार सम्पन्न भएको गाउँ परिषदमा आफूहरुका लागि निर्देशिका अनुशार बजेट बिनियोजन नगरिएको भन्दै उनीहरुले पुःन परिषद दोहो¥याउन माग गरेका हुन् ।
आफूहरुका लागि आएको बजेट कटाएर विकासे योजनामा लगाइएकाले आफूहरुले पुनः गाउँ परिषद गर्न र आफुहरुकालागि निर्देशिका अनुशार बजेट छुट्याउन माग गरेको नवप्रतिभा बाल मञ्च धितुङका अध्यक्ष दिपेन्द्र कटवालले बताउनुभयो ।
जिल्लाका राजनैतिक दलका नेताहरुकै उपस्थिति रहेको समयमा जिल्ला विकास समितिसमक्ष ज्ञापनपत्र बुझाउँदै बाल मञ्च र आपाङ्ग सेवा संघका पदाधिकारीहरुले तत्काल गाउँ परिषद् गरिनुपर्ने र आफ्नो बजेट सुरक्षित गर्न माग गरेका छन् । कटवालले आफूहरुको मागलाई वेवास्ता गरे चरणवद्ध आन्दोलन गर्ने बताउनुभयो ।
उता, स्थानीय विकास अधिकारी युवराज अधिकारीले निर्देशिकाभन्दा बाहिर गएर रकम बिनियोजन गर्न नमिल्ने र त्यसो गरिएको पुष्टि भएमा कारबाही अगाडि बढाउने बताउनु भयो ।
नवप्रतिभा बाल मञ्चका अध्यक्ष दिपेन्द्र कटवाल, सदस्य अनिश कार्की, अपाङ्ग सेवा संघका अध्यक्ष यसोदा क्टवालगायतको डेलीगेसन टोलीले जिल्ला विकास समिति समक्ष ज्ञापापत्र बुझाएको हो ।