
खोटाङ बैशाख –१९, गोमा राईको नेतृत्वमा किरात राई पत्रकार संघ जिल्ला कार्य समिति खोटाङको नयाँ कार्य समिति चयन गरिएको छ । जिल्ला सदरमुकाम दिक्तेलबजारमा बुधबार सम्पन्न तेश्रो जिल्ला अधिवेशनले गोमालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय कार्य समिति निर्माण गरिएको हो ।
नबनिर्मित समितिमा काजनश्री राई उपाध्यक्ष , गोपाल राई सचिब, सुनिता राई सहसचिब र रमिला राई कोषाध्यक्ष रहनुभएको छ । किरात राई पत्रकार सङ्घको पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दमन राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्मिला राई, टिवन राई, महाशेर राई, योगिन राई र सन्देश राईलाई सदस्यमा चयन गरेको छ ।
आगामी बैशाख २८ गते भक्तपुरमा हुने संघको राष्ट्रिय महाधिबेशनको लागि रामधन राई, संगिता राई, डिएम चाम्लिङ र राजेन्द्र राईलाई प्रतिनिधि तोकिएको छ ।
उजुर राई, डम्बरसिं राई, भीम राई, उमेत राई, दमन राई र सइन्द्र राईलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।
उमेत राईलार्ई संस्थापक अध्यक्ष बनाउँदै निरन्तर क्रीयाशील राई पत्रकार संघको अध्यक्षको पद यसअघि लगातार दुई कार्यकाल रामधन राईले सम्हाल्नुभएको थियो ।