फागुन–२२, रोजगारीका सिलसिलामा कतार पुगेका खोटाङका दिलिप भुजेलको सुतेकै अवस्थामा निधन भएको छ ।
तीन महिनाअघि मात्र कतारको दोहा पुगेका खोटाङको च्यानडाँडा–२ का करिब २२ वर्षिय भुजेलको सुतकै अवस्थामा ज्यान गएको हो । कतारको सनैयास्थित एमटिसी कम्पनीमा हेल्परकारुपमा कार्यरत भुजेलको हृदयघातका कारण ज्यान गएको अनुमान गरिएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनु भयो ।
उनी कहिल्यै नरिसाउने । मिलापी । लगनशिल स्वभावका थिए । उनको २०६३ सालमै मनोकामना जनकल्याण माविबाट एसएलसी पास गरेका थिए । त्यसपछि क्याम्पसस्तरीय पढाई सुरु गरिरहँदा देशमा रोजगारीको अवसर नपाएपछि केही महिना अघि मात्र उनी त्यहाँ पुगेको थिए ।

ड्यूटी सकेर बेलुका आफ्नै कोठामा सुतेका भुजेल भोलीपल्ट बिहान मृत अवस्थामा फेला परेको उहाँका साथी तेजबहादुर गिरीले बताउनु भयो । 

मृतक भुजेलको शवलाई अहिले पोस्टमार्टमकालागि हमाद अस्पतालमा राखिएको छ । पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि कानुनी प्रकृया पु¥याएर शवलाई नेपाल पठाउने पहल भइरहेको समाजका महासचिव नारायण बस्नेतले जानकारी दिनु भयो । 
समाजका अनुशार नौ महिनाको अवधिमा कतारमा ज्यान गुमाउने खोटाङ्गे युवाको संख्या पाँच पुगेको छ । उनीहरुमध्ये चार जनाको हृदयघातका कारण र एक जनाको रहस्यमय निधन भएको समाजका महासचिव बस्नेतले बताउनु भयो ।