खोटाङ, बैसाख २०– खोटाङको जन्तेढुंगा गाउँपालिकाले विद्यालयलाई टिचर टकिङ पेन प्रदान गरेको छ । अंग्रेजी माध्यमको पठन–पाठन प्रकृयालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले ६ वडाभित्रका सबै ३६ विद्यालयलाई सेन्सर भएको आफै पढ्न सक्ने टिचर टकिङ पेन, सो पेनका माध्यमबाट पढाई हुने पुस्तकको सेट प्रदान गरेको हो ।
गाउँपालिकाले अंगे्रजी माध्यमको पठन–पाठनलाई प्रभावकारी बनाउनका लागि नयाँ प्रविधिमा आधारिक शैक्षिक सामग्री भित्र्याइएको शिक्षा समितिका संयोजक बिदुरमान राईले बताउनुभयो ।
ऐसेलुखर्क गाउँपालिकाले गाउँपालिकाभित्रका सबै बिद्यालयलाई टिचर टकिङ पेन भित्र्याएको केही समयपछि जन्तेढुंगा गाउँपालिकाले पनि सबै बिद्यालयलाई टिचर टकिङ पेन प्रदान गरेको हो ।
अंग्रेजी माध्यम लागू गर्ने पुर्वतयारी स्वरुप जन्तेढुंगामा प्रतिविद्यालय एक शिक्षक र एक शिक्षिकालाई सहभागी गराएर बिहिबारदेखि तीन दिने प्रशिक्षण थालिएको संयोजक राईले बताउनुभयो ।