खोटाङ बैसाख–२३, आगलागीबाट बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको परिवारलाई २२ हजार आर्थिक सहयोग प्राप्त भएको छ । गत चैत्र २५ गते भएको आगलागीमा बिस्थापित भएका अग्नी पीडितलाई होलेसुङ समुहमा आवद्ध समाजसेबी तथा बुद्धिजीबिले २२ हजार आर्थिक सहयोग गरेका हुन् ।
अग्नी पीडितलाई होलेसुङ समुहका संयोजक जनकराज राईले १० हजार, मुन्धुम अध्येता भोगिराज चाम्लिङले ३ हजार, समाजसेबी÷लेखक कैलास राईले ३ हजार, शिक्षा मन्त्रालयका शाखा अधिकृत भूपेन्द्रकुमार राईले २ हजार, राजुबिक्रम चाम्लिङले २ हजार र खड्गबहादुर राईले २ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
अग्नी पीडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले पनि प्रतिपरिवार ५ हजारका दरले आर्थिक सहयोग गरेको छ । सहयोग कोषले चट्याङ लाग्दा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा ओखरबोटका ६५ वर्षीय सम्बरबहादुर दाहालको परिवारलाई पनि ५ हजार राहत प्रदान गरेको जनाएको छ ।