बैशाख–२६, जिल्ला प्राविधिक कार्यालय खोटाङमा कार्यरत नासु मनिराम ढकालले आर्थिक अभावका कारण विद्यालय जान नसकेकी एक बालिकाको अभिभाबकत्व ग्रहण गरेका छन् । नासु ढकालले परिवारको गरिबी र निम्न आर्थिक अवस्थाका कारण हालसम्म बिद्यालय जान नपाएकी साकेला गाउँपालिका–४ मात्तिमकी ६ वर्षीय सुजता चाहारको पठन–पाठनका लागि अभिभाबकत्व ग्रहण गरेका हुन् । 
विद्यालय जाने उमेर पुगे पनि आर्थिक कारणले परिवारले बिद्यालय पठाउन नसकेका सुजतालाई नासु ढकालले साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माबिमा लगेर कक्षा १ मा भर्ना गरिदिएका छन् । कक्षा १० सम्म अध्ययन गर्नेक्रममा लाग्ने शैक्षिक खर्च बेहोर्नेगरी बालिकाकाको अभिभाबकत्व ग्रहण गरेको नेपाल निजातमी कर्मचारी संगठन केन्द्रीय परिषद सदस्य रहेका नासु ढकालले बताउनुभयो । 
यसैबीच, एक लाख राशीको रत्नाईश्वरपद्मा अक्षय कोषको व्याजबाट साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माबिका पाँच विद्यार्थीलाई सम्मान गरिएको छ । वर्षभरीको नतिजाका आधारमा उत्कृष्ट भएका छात्र÷छात्रालाई अक्षयकोषबाट जनही एक हजारका दरले सम्मान गरिएको हो । स्वर्गीय दिनदयाल ढकाल, भगवतीप्रसाद ढकाल र गोबिन्दप्रसाद ढकालले आफ्ना स्वर्गीय बाबुआमाको नाममा २०७४ भदौमा अक्षय कोष स्थापना गरेका थिए ।