खोटाङ जेठ–२, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो बर्थिङ सेन्टरको स्थापना गरिएको छ । सुत्केरी महिला र नवजात शिशुको जीवन बचाउका लागि उक्त गाउँपालिका–५ सछितापोखरीस्थित स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो । 
गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्थापना गरिएको बर्थिङ सेन्टर गाउँपालिका प्रमुख भूपेन्द्र राईले रिबन काटेर उद्घाटन गर्नुभएको हो । 
सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि दिप्रुङ चुईचुम्मा गाउँपालिकामा तेश्रो बर्थिङ सेन्टर स्थापना गरिएको हो । गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।