खोटाङ, जेठ–१, वर्षाको भलपानी कक्षा कोठामा छिर्दा खोटाङको लिच्कीराम्चेस्थित भानु आधारभुत बिद्यालयको पठन–पाठन प्रभावित भएको छ । भारी वर्षाका कारण माथिबाट झरेको भलपानीले बगाएर झारेको हिलो, माटो, बालुवा कक्षा कोठाभित्र छिर्दा बिद्यालयको सोमबारको पठन–पाठन बन्द भएको शिक्षक गोपाल राईले बताए । 
सोमबार बिहान ४ बजे परेको भारी वर्षाका कारण विद्यालयभन्दामाथि निर्माण गरिएको सडकै सडक झरेको भलपानीले विद्यालयको खेलमैदान समेत पुरेको छ । गत वर्ष निर्माण गरिएको झ्याम्टेबर–रमाईलो सडकबाट विद्यालय नजिकै पु¥याइएको शाखा सडकबाट भलपानी सिधै विद्यालयमा खस्दा विद्यालयको खेलमैदानमा ढुंगा, गिटी, बालुवा र झ्याँसको थुप्रो लागेको शिक्षक राईले बताए । 
६ वटा कक्षामा छिरेको हिलो, बालुवा र पानी सोमबार पढाई बन्द गरेर दिनभर शिक्षक र बिद्यार्थीले निकालेर सफा गरेका छन् । विद्यालय खेलमैदानमा थुप्रिएको ढुंगा, गिटी, बालुवा पन्छाउने विषयमा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको शिक्षक राईले बताए । 
‘कक्षा कोठामा पसेको हिलो र पानी सोमबार दिनभर लगाएर निकाल्यौँ,’ शिक्षक राईले भने, ‘खेलमैदानमा थुप्रिएको ढुंगा, गिटी, बालुवा पन्छाउने विषयमा व्यवस्थापन समितिको बैठक बोलाएका छौँ ।’ 
विद्यालय नजिक पु¥याइएको सडकबाट वर्षेनी बिद्यालयमा भलपानी खस्ने भएपछि समस्या निम्तिएको अभिभाबकको भनाई छ ।