जेठ–६ खोटाङ, 

यलाखिम अर्थात उपत्यकाको ललितपुरस्थित किरात माङहिम सानो हात्तिबनमा रहेको ऐतिहासिक साकेला थानमा पहिलो पटक साकेला उत्खनन् गर्न लागिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति ललितपुर र किरात माङहिम सानो हात्तिबन ब्यवस्थापन समितिको आयोजनामा साकेला उत्खनन्को कार्यलाई आज बिहानैदेखि बिधिवत रुपले अगाडी बढाईएको छ । 
चार किरातको आस्थाको केन्द्रको रुपमा स्थापित माङहिम नजिकै रहेको यलाखोम अर्थात उपत्यकाकै पहिलो उत्पति भएको साकेला थान उत्खनन्को बिधिवत कार्यमा धामी, संस्कृति खोज,अध्ययन, अनुसन्धानकर्ता,संस्कृतिकर्मी लगायतको उल्लासमय सहभागिता रहेको जनाइृएको छ । 
२०७४ सालमा बिधिवत रुपले साकेला भएको पुष्टी गरि केही महिना अघि ब्यवस्थित बनाईएको साकेला थानमा अज दिनभर बिधिवत पूजाआजा गरी साकेला उत्खनन् गरिने उल्लेख गरिएको छ । मध्यान्हसम्ममा साकेला उत्खनन् कार्यको पहिलो चरण माङहिममा सम्पन्न गरिएको छ ।
 सांस्कृतिक अभियन्ता रोशन राईको फेसबुकबाट लिईएको बिधिवत कार्यको पहिलो चरणमा देखिएका केही तस्बिरहरु :