
जेठ–८, खोटाङको पाथेका–८ का महन्तबहादुर राईको पसलबाट नगद, सुन तथा चाँदी चोरी भएको छ ।
राईको पसलबाट नगद ५० हजार, बा¥ह आना सुन, दुई तोला चाँदी चोरी भएको हो ।
आफुहरु सुतेको समयमा नचिनिएका समुहले ट्यांकामा राखेको नगद, सुन र चाँदी चोरी गरेर लगेको महन्तकी श्रीमती प्रेमकुमारी राईले बताउनुभयो ।
उक्त समुहले ट्यांकै उठाएर लगेको महन्तकी श्रीमती प्रेमकुमारी राईले बताउनुभयो । चोरीमा संलग्न समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।