खोटाङ जेठ–८, खोटाङमा ज्येष्ठ नागरिकको राम्रो हेरचाह, स्याहारसुसार तथा लालनपालन गर्ने ९ आफन्त सम्मानित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १ सय ११ वर्षीय आमा डम्बरकुमारी आचार्यको हेरचाह गरिरहेकी छोरी बिमला पौडेल, १ सय ४ वर्षिय बुवा मणिसुन्दर बजियमको हेरचाहर गरिरहेका छोरा धनबहादुर बजिमय र १ सय वर्षका बैजनाथ आचार्यलाई हेरचाह गर्दैआएकी बुहारी उषादेबी आचार्य सम्मानित भएका हुन् ।
मंगलबार ज्येष्ठ नागरिक संघले आयोजना गरेको कार्यक्रममा ९४ वर्षीय दिर्पनारायण आचार्यको हेरचाह गरिरहेकी बुहारी ईश्वरीदेबी आचार्य, ९३ वर्षीय मसिनीमायाँ खत्रीलाई हेरचाह गर्दैआएका भतिज लालबहादुर खत्री, ८४ वर्षीय चन्द्रमायाँ कार्कीलाई हेरचाह गरिरहेकी बुहारी इन्दिरा कार्की तथा ८३ वर्षीय गणेशबहादुर खत्रीको हेरचाहको जिम्मा लिएका छोरा दानबहादुर कार्कीलाई सम्मान गरिएको नगरपालिकाका महिला बिकास शाखाकी सहायक महिला बिकास निरिक्षक मन्दीरा घिमिरेले बताउनुभयो ।
यस्तै, ८३ वर्षकै तेजबहादुर बुढाथोकीलाई हेरचाह गरिरहेकी बुहारी हिमकुमारी बुढाथोकी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ८२ वर्षीय नरमायाँ पोखरेलको हेरचाह गर्दैआएकी बुहारी पिङ्ला पोखरलेललाई सम्मान गरिएको छ ।
बुढेसकालमा पुगेका ज्येष्ठ नागरिकको उचित हेरचाह गर्ने आफन्तलाई मेयर दिपनारायण रिजाल, उपमेर बिणादेबी राई र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले खादा ओढाएर प्रमाणपत्र सहित नगद ५÷५ सय प्रदान गरेका छन् ।