खोटाङ जेठ–१८, खोटाङस्थित खोटेहाङ गाउँपालिकाका जनप्रतिनिधिहरुले बढ्दो वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने प्रतिबद्दता जनाएका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सोही गाउँपालिकामा पुगेर आयोजना गरेको सुरक्षित आप्रवासन सम्बन्धी बिशेष अन्र्तक्रियामा सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्दता जनाएका हुन् । 
अन्र्तक्रियामा सहभागी अध्यक्ष प्रदिपकुमार राई लगायतका जनप्रतिनिधिले वैदेशिक रोजगार सम्बन्धीको मुद्दालाई आगामी कार्यनीतिमा समावेश गराउने स्पष्ट पारेको आयोजकले जनाएका छन् । हालै सम्पन्न अन्र्तक्रिया कार्यक्रममा  सुरक्षित वैदेशिक रोजगार सम्बन्धीको सूचना तथा जानकारीहरु सम्भावित आप्रवासी र तिनका परिवारसम्म पु¥याउन पहल गर्ने समेत जनप्रतिनिधिले बताएका थिए ।
वैदेशिक रोजगारीलाई तत्कालै ठप्प रोक्न नसक्ने अवस्था भए पनि यसलाई निश्चित समयावधीमा आफै रोकिने गरी रेमिट्यान्स ब्यवस्थापन गर्नु पर्ने बिषयमा समेत छलफल हुँदै आएको बताईएको छ । एक ब्यक्ति निरन्तर वैदेशिक रोजगारीमै जीवन बिताउनुपर्ने अवस्था नल्याउनको लागि आम्दानीलाई दीगो रुपले ब्यवस्थापन गर्नुपर्नेमा यस सम्बद्द रही काम गर्ने संस्थाहरुले जोड दिँदै आएको छ । 
सुरक्षित आप्रवासन परियोजना सामीको बिद्यालय तथा आम सञ्चार कार्यक्रम अन्तर्गत आयोजित अन्र्तक्रिया कार्यक्रममा परियोजनाले जिल्लामा गरिरहेको गतिबिधि, उपलब्धी, समस्या, चुनौति लगायतको बारेमा समेत छलफल गरिएको कार्यक्रम संयोजक ओजोनबावु आचार्यले बताउनुभयो । 
सोही कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित उपलब्धीमुलक बनाउनका लागि आगामी कार्ययोजनाको बारेमा पनि छलफल भएको थियो ।