भदौ–९, बिरामीलाई राजधानी काठमाडौंसम्म पु¥याउनकालागि खोटाङमा तीन दिन यता दैनिक हेलीकोप्टर चार्टर भइरहेका छन् ।
जिल्ला अस्पतालले रेफर गरेका बिरामीलाई काठ्माडौंका अस्पतालसम्म लैजानकालागि शुक्रबारदेखि दैनिक हेलीकोप्टर चार्टर भएका हुन् ।
जिल्लामा भपर्दो यातायात सेवा बिस्तार नभएका कारण बिरामीलाई एक लाख ५५ हजारसम्ममा चार्टर गरी हेलीकोप्टरको प्रयोग गरिएको बिरामीका आफन्तहरुले बताएका छन् । आइतबार रतन्छाका एपेन्डीसाईटका बिरामी बीना राईलाई राजधानी काठ्माडौं लैजानकालागि एक लाख ५५ हजारमा हेलीकोप्टर चार्टर गरेको आफन्त भरतराज राईले बतानुभयो ।
जिल्ला अस्पतालबाट रेफर गरिएका बिरामीलाई राजधानी काठमाडौं लैजानकालागि एक लाख ३० हजारदेखि एक लाख ५५ हजार सम्ममा हेलीकोप्टर चार्टर गर्ने गरिएको छ । तस्बिर: केदार मगर |
बिरामी बोक्न ल्याइएको हेलीमार्फत काठमाडौं जाने कर्मचारीबाट पनि भाडा लिएको बीनाका आफन्त भरतराजको भनाई छ । ‘दुई जना बिरामीलाई लैजानकालागि एक लाख ५५ हजारमा हेली चार्टर गरेका थियौं ।’ उहाँले भन्नुभयो,–‘काठमाडौं जाने दुई जना कर्मचारीबाट ३० हजार लियौं, हाम्रो एक लाख २५ हजार प¥यो ।’
शनिबार दिक्तेल–२ का दैबराम राईको नवजात शिशु, खाल्ले–४ का लक्ष्मी कट्वालकी बिरामी बच्चा र बाम्राङ–४ का बिरामी डम्बर कार्कीलाई राजधानी लैजानकालागि र शुक्रबार दिक्तेल–१ बैंक चोकका रमेश बजीमयकी बिरामी छोरीलाई काठ्माडौं लैजानकालागि हेलीकोप्टर चार्टर गरिएको थियो । हेलीकोप्टर चार्टर गर्ने भाडा भने बिरामीको संख्या र ओहोर दोहोर गर्ने यात्रुबाट मात्रा मिलाएर उठाउने गरिन्छ ।
१५ शैयाको जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना, अस्पतालको स्तरोन्नती, विषयगत डाक्टरको व्यवस्था र शैया बढाउन नसकेसम्म जिल्लाको समस्या यथावत रहने जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नवलकिशोर झा बताउनुभयो ।