सन्तोषकुमार राई /खोटाङ
जेठ–२२, ‘बिदेश जानेहरुको पनि काजगपत्रहरुको फोटोकपी चाहिन्छ र ? महिनामा तलब पठाएकै छ । २÷३ दिनको फरकमा फोन गरेकै छ ,सञ्चो सुबिस्ता थाहा भईहाल्छ । के गर्छ र कागजले ?’ खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा पल्कुका अर्जुन खड्का (नाम परिवर्तन) ले भनेका थिए ।
हेल्भेटास स्वीस ईटरकोअपरेशन नेपालको साझेदारीमा नब किरण सेवा समाज नेपालद्वारा सञ्चालित सुरक्षित अप्रवाशन परियोजना (सामी)को समुदाय अभिमुखिकरण कार्यक्रम हुदै गर्दा यसो भन्ने खड्काले हाल मलेसियामा भएको छोराको कागजपत्रहरुको फोटोकपी मगाएका छन् ।
सुरक्षित बैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरणमा बैदेशिक रोजगारीमा कागजपत्रहरुको महत्व,सीप तालिमको महत्व,महिला कामदारको बारेमा र सूचना केन्द्रले दिन सेवा सुबिधा आदिको बारेमा जानाकारी तथा छलफल गरेपछि उहाँले कागजपत्रको फोटोकपी मगाउनुभएको हो । टोलको सामाजिक नक्साको माध्यमबाट कुन घरबाट बिदेश जानेहरुले काजगपत्रहरु(एमअरपी,भिषा,सम्झौतापत्र,मेडिकल,श्रमस्वकृती,पैसा तिरेको भरपाई वा बिल,बिमा आदि) को महत्वको बारेमा झल्काईएको थियो । कागजात छाडेको वा नछाडेको, सिप सिकेको वा नसिकी गएको, बिदेश जानलागेको घर , करार अवधिभन्दा बढी बसेको र भागेर काम गरीरहेको बिभिन्न रङको प्रयोगबाट देखाइएको थियो ।
नक्सा सहभागीहरु आफैले बनाउने हँुदा कस्को घरमा के छ स्पस्ट देख्न सकिन्छ । त्यसैले काजगपत्र नभएको घरलाई मगाउनु पर्ने, नयाँ बिदेश जान लागेकोहरुलाई सिप सिकेर र काजगपत्रहरुको फोटोकपी छोडेर जानु पर्ने जस्तो कुराहरुको पहल गरी सुरक्षित टोल बनाउन सकिन्छ भन्ने कुरा नक्साको माध्यमबाट प्रष्ट्याईएको थियो । टोलहरुलाई सुरक्षित वैदेशिक रोजगारयुक्त बनाउनको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसि तुवाचुङ नगरपालिकाहरुको बिभिन्न वडाहरुको टोल बस्तीहरु अभिमुखिकरण गरिएको छ । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको पल्कुमा टोल बिकास समितिको अगुवाई र आप्रवासीहरुको परिवारले काजगपत्र नभएकोहरुलाई मगाउन थालेको बताईको छ ।
पल्कु टोल बिकास समितिमा २३ घर रहेको छ जस मध्ये १३ घरबाट बिदेश गएको छ । पहिलो पटकको समुदाय अभिमुखिकरण र नक्सा निर्माण गर्दा एक घर बाहेक सबैको घरमा काजगपत्रहरुको कुनै प्रतिलिपिहरु नभएको देखिएका थिए । बिदेश जानेहरुको काजगपत्र नहँुदा हुने जोखिम र क्षतीपुर्ती पाउन समेत नसकिने बारेमा जानकारी गराएपछि सबै घरमा रातो खतराको संकेत लागेपछि टोललै बैदेशिक रोजगारमा असुरक्षित भएको महशुस गराईएको थियो ।
दोस्रो पटकको छलफल तथा अभिमुखिकरण र नक्सा हेर्दा २ घर बाहेक सबैघरमा काजगपत्रहरुको फोटोकपी आएको देखिएको सुरक्षित आप्रवासन परियोजना सामीले जनाएको छ । पल्कु टोल बिकाश समितिको संयोजक दिनेश सुबेदीका अनुसार नक्सामा टोल खतरा वा असुरक्षित देखे पछि आ–आफ्नो तर्फबाट बिदेशमा हुनेहरुको कागजपत्रहरु मगाउन थालिएको हो । वैदेशिक रोजगारीमा जाने आफन्तहरुलाई पनि सुचना केन्द्रमार्फत निःशुल्क सिप सिकेर कागजपत्रहरुको फोटोकपी छोडेर जानु पर्छ भन्ने सन्देश दिईरहेको सुबेदीको भनाई छ ।
सोही नगरपालिका–७ चिउरीडाडाँ खरबारीको टोल बिकाश संयोजक तथा शिक्षक रमन राई भन्नुहुन्छ –‘मेरो पनि श्रीमान ६ बर्ष देखि कतारमा हुनुहुन्छ तर उहाको कुनै कागजपत्रहरुको फोटोकपी थिएन ।’ थप्नुहुन्छ–‘सुरक्षित बैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण तथा छलफलमा बसेपछि मात्र थाहा भयो की बिदेश जानेहरुको कागजपत्रको महत्व त हाम्रो जग्गा जमिनको लालपुर्जा भन्दा पनि महत्व रहेछ ।’ उहाँले पनि कागजपत्रको प्रतिलिपी झिकाउनुभएको छ । अन्य गाउँलेहरुलाई पनि कागजपत्रको प्रतिलिपि मगाउन सुझाब दिएको राईको भनाई छ ।
खरबारी टोलमा रहेको ३० घर मध्ये १४ घरबाट बिदेश गएका छन् । अभिमुखिकरण र नक्सामा कागजपत्रहरु नभएको खतरा देखेपछि ११ घरले कागजपत्रहरुको फोटोकपी मगाएको जनाएका छन् ।