ईष्ट हिमालयन इन्टरप्राइजेज प्रालि खोटाङले जिल्लामा उच्च क्षमताको वाइमेक्स इन्टरनेट सेवा शुरु गरेको हो ।
दिक्तेल–२ मा कार्यालय रहेको प्रालिले सदरमुकामबाट २० किलोमिटर टाढासम्म चलाउन सकिने ‘फोर जि’को इन्टरनेट सेवा बिस्तार शुरु गरेको छ । जिल्लामा ईष्ट हिमालयन इन्टरप्राइजेजले नेपाल टेलीकमको वाइमेक्स सेवा बिस्तारको जिम्मा लिएको हो ।
हाल नर्मल यूएसबी डंगोल, यूएसबी मोडेम र आउट डोर डिभाइस प्रबिधिको इन्टरनेट सेवा शुरु गरिएको ईष्ट हिमालयन इन्टरप्राइजेज प्रालिका प्रमुख अजय बस्नेतले जानकारी दिनु भयो । वाइमेक्स सेवा अन्तरगत कम्तीमा २५६ केबीपिएस क्षमताको र ग्राहकको माग अनुशार सोभन्दा बढि क्षमता भएको इन्टरनेट सेवा लिन सकिने बस्नेतको भनाई छ ।
नर्मल यूइसबी डंगोल र यूएसबी मोडेम प्रबिधिको वाइमेक्स सेवामा विद्यार्थीलाई १५ र अन्यलाई १२ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यस्तै, सामाजिक कामकालागि गाबिसको सिफारिस आए ५० प्रतिशत छुटमा एक गाबिस बराबर एउटा वाइमेक्स सेवा दिन सकिने ईष्ट हिमालयन इन्टरप्राइजेजले जनाएको छ ।