भदौ–२७, खुकुरी प्रहारबाट खोटाङमा ७० वर्षीय बृद्धको ज्यान गएको छ ।
आफनै २६ वर्षीय भतिजा सुबिन्द्र राईको खुकुरी प्रहारबाट दुर्छिम–३ का ७० वर्षीय बृद्ध पदमशेर राईको ज्यान गएको हो ।
सुबिन्द्रले बुधबार राती बृद्ध बडाबालाई सुतिरहेको अवस्थामा खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद र रिसइबीका कारण सुबिन्द्रले बृद्धको हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताउनु भयो ।
हत्यामा संलग्न सुबिन्द्रलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक रेग्मीका अनुसार सुबिन्द्रलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।