खोटाङ जेठ–२८, खोटाङमा मास हिस्टोरियाका कारण बिद्यार्थीमा अस्वभाबिक क्रियाकलाप देखिन थालेपछि बिद्यालय बन्द गरिएको छ । मास हिस्टोरियका कारण छात्राले काम्ने, हात खुट्टा बाउडिने, खकार्ने, साथीलाई थुक्ने चिथोर्ने लगायतका क्रियाकलाप देखाउन थालेपछि बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माबि बन्द गरिएको हो ।
एक–दुई जनाबाट शुुरु हुने मास हिस्टोरिय क्रमशः अन्य छात्रामा सर्ने र एकैसाथ २०–२५ जना बिरामी पर्न थालेपछि सोमबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द भएको शिक्षा समन्वय इकाईको कार्यालयले जनाएको छ । आईतबार एकैसाथ २७ छात्रामा मास हिस्टोरिय देखिएपछि अभिभाबकलाई बोलाएर विद्यार्थी जिम्मा लगाएर पठाइए पनि सोमबार पुनः समस्या दोहोरिएको प्रधानाध्यापक तुलसीप्रसाद पोखरेलले बताउनुभयो ।
छात्राले अस्वभाबिक क्रियाकलाप देखाउन थालेपछि आईतबार र सोमबार विद्यालयको पठन–पाठन ठप्प भएको थियो । हप्ता दिनअघि एक छात्रामा देखिएको समस्या क्रमशः अन्य छात्रामा सर्न थालेपछि बिद्यालय बन्द गरिएको श्रोतव्यक्ती रामबिक्रम थापाले बताउनुभयो ।