
काठमाडौं १ असार । खोटाङ दिक्तेलका रविन्द्र बजिमयको उपचारका क्रममा काठमाडौंको सिभिल हस्पिटलमा मृत्यु भएको छ । बोनमारोको उपचारार्थ उनकाे चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडित परिवार आक्रोशित बनेका छन् । पीडित परिवारले डाक्टरलाई निलम्बन गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
पीडित परिवारले चिकित्सककै कारण रविन्द्रको मृत्यु भएको भन्दै उचित क्षतिपूर्ति माग गरेका हुन् । बिरामीलाई केमो चढाउन अगाडी बोनमारो दिने मृतकको दाजुको आवश्यक रगतको परिक्षण नै नगरिएको, करिव ४ महिना अगाडी गरिएको परिक्षणको आधारमा मृतकलाई केमो चढाइएकाे र जस्ले गर्दा बोनमारो दिने मृतकको दाजुमा हेपाटाइटिस सि देखिएको र यसरी मृतक विरामीलाई हेपाटाइटिस सि रोग भएकै कारण बोनमारो ट्रान्सफर गरेकाले विरामीको मृत्यु भएको भन्दै डाक्टरलाई निलम्बन गर्न माग गरिएको छ ।
पीडित परिवारले यसअघि हस्पिटलले शत प्रतिशत उपचार हुने भनेकाले त्यसलाई आधार मानी उपचार गरेको भन्दै हस्पिटलले शतप्रतिशत उपचार नहुने भनेको अवस्थामा अन्य विधि अपनाउने भन्दै मृत्यु हुनुमा हस्पिटलको दोष रहेको समेत जनाएका छन् ।