माघ । खोटाङको पश्चिमी गाविस च्यास्मीटारमा पहिलोपल्ट खानेपानी बिस्तार गरिएको छ । जिल्लाकै सुक्खाग्रस्त तथा खानेपानीको समस्य रहेको च्यास्मीटारमा शहरबोटे खानेपानी आयोजनामार्फत खानेपानी बिस्तार गरिएको हो ।

८१ लाखको लागतमा ५ वर्ष लगाएर च्यास्मीटारमा खानेपानी पु¥याइएको सहरबोटे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष जीवन राई संगीनले बताउनुभयो । छिमेकी गाविस दुर्छिम मुहान भएको पानीले च्यास्मीटार १, ५ र ८ तथा बडहरे ८ र ९ का ३ सय उपभोक्ता लाभान्वित भएका छन् ।

जिल्ला खानेपानी आयोजनाको आर्थिक सहयोगमा २०६५ सालमा शुरु गरिएको आयोजनाको औपचारिक उद्घाटन गर्न भने बाँकी छ । जिल्ला खानेपानी आयोजनाको आर्थिक सहयोग एवं उपभोक्ताको उत्साहजनक सहयोगका कारण सुक्खा ठाउँमा पानीको धारा पु¥याउन सम्भव भएको अध्यक्ष राईको भनाइ छ ।

एक गाग्रो पानीकालागि घण्टौँ लगाएर पानी ल्याउनुपर्ने समस्य रहेको च्यास्मीटारमा पानी आएपछि स्थानीयबासी हस्याङ फस्याङ गर्दै पानी थाप्न आएका थिए । सदियौंदेखि पानीको समस्य भोग्दैआएका स्थानीयबासीले आयोजनाका पदाधिकारीलाई ‘देवता’को संज्ञा दिएका छन् । च्यास्मीटारको टारगाउँमा पानीको धारा आएपछि रमिता हेर्न आएका स्थानीयबासीले आपसमा खुसीयाली मनाएका छन् ।

कुल बजेटमध्ये हालसम्म ७५ लाख खर्च भइसकेको र ९५ प्रतिशत काम बाँकी रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । आयोजना पूरा गर्नकालागि उपभोक्ताले ५ लाख बराबरको श्रमदान गरेका छन् ।