
खोटाङ असार–३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडक खण्डको बिभिन्न स्थानमा पहिरो झरेपछि यात्रुलाई सास्ती भएको छ । गत जेठ–३० गते राती परेको भारी बर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्द हुनका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो ।
ढुंगेचौतारा–हरेलोडाडाँ–पाथेका–फेदी १६ किलोमिटर सडकको उक्त खण्डमा पहिरोका कारण जंगल नै बगाएर सडकमा थुपारिदिएपछि पैदल यात्रुलाई बाटो छिचोल्नु समस्या भएको जनप्रतिनिधिले जनाएका छन् । डीटीएमपी अन्र्तगत २०६९ सालदेखि सुचारु भएको सडकमा पहिरोले अवरुद्द गरेपछि मोटरसाईकल लगायत सबै प्रकारको सवारी साधन बन्द भएको छ । पहिरोका कारण साबिकको फेदी, खार्ताम्छा, पाथेका, बाक्सिला, बास्पानी लगायतको यात्रुलाई सदरमुकाम हुँदै काठमाण्डौं आवत जावत गर्नुमा समस्या भएको नगरको १० नम्बर वडाध्यक्ष मुगाधन राईले बताउनुभयो ।
बर्षाका कारण जिल्लाका अधिकांश ग्रामिण सडकहरु अवरुद्द बनेका छन् ।