माघ–२३, एक युवतीमाथि ईज्जतमा धक्का लाग्नेगरि फेसबुकमा जथाभावी लेखेर पक्राउ परेका खोटाङका एक युवा माफी मागेर छुटेका छन् । युवतीको एक युवासँग विवाह हुने पक्का भएपछि फेसबुकमा मनपरी लेखेको आरोपमा पक्राउ परेका दिक्तेल–३ का २३ वर्षीय गणेश आचार्य माफ मागेर छुटेका हुन् । 
पारिवारिक सम्बन्ध तहसनहस पार्ने गरी सुनियोजित अपराध गरेको भन्दै पीडितको परिवारले गुनासो गरेपछि पक्राउ आचार्य पक्राउ परेका थिए । आचार्यले पीडितसँग माफ मागेपछि एकआपसमा मिलापत्र गराएर छुट दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो ।