खोटाङ असार–४,  बर्षाका कारण झरेको पहिरोले हाईड्रोपावरको कुलो बगाउँदा खोटाङका स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।  गत जेठ–३० गते बेलुकी झरेको पहिरोले बगाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामखोला लघु जलबिद्युत आयोजनाको कुलो हालसम्म मर्मत नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य बनेका हुन् । 
साबिकको पाथेका गाबिसस्थित सबै वडामा बिस्तार गरिएको ६० किलोवाट क्षमताको  बिद्युतको लागि निर्माण गरिएको फोर वे नजिकै पहिरो जाँदा २५ मिटर लम्बाईको कुलो भत्काएको उपभोक्ता समितिले जनाएको छ । बैकल्पिक उर्जा, स्थानीय तथा तत्कालिन स्थानीय निकायको संयुक्त पहलमा निर्माण सम्पन्न गरी ५ सय ४१ घरधुरीले लाभ लिईरहेको हाईड्रोपावरको कुलो भत्कँदा १५ लाख रुपंैयाँ बराबरको क्षति भएको जनाईएको छ । 
पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पुर्ण बिद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोवार, लगायतको कार्य प्रभावित बनेके निर्माण उपभोक्ता समितिको सचिब शहरमान राईको भनाई छ । बिद्युत अवरुद्द हुँदा बेलुकी अन्कारमा बस्न बाध्य स्थानीय मोवाईल फोन चार्च गर्न नपाउँदा सूचना तथा सञ्चाारबाट पनि बञ्चित बनेका छन् । 
आयोजनालाई पून : मर्मत गर्न आर्थिक समस्या भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष अग्नीप्रसाद राईले बताउनुभयो । आर्थिक ब्यवस्था भए पनि बिद्युत सुचारु हुन करिब एक महिना लाग्ने राईले सुनाउनुभयो । 
उक्त हाईड्रोपावरमा २०७२ सालमा गएको भुईंचालोले पनि करिब २१ लाख बराबरको क्षति पु¥याएको थियो ।