फागुन–१६, नेपाल प्रेस युनियन शाखा खोटाङले जिल्लाका दुई पत्रकारलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट जिल्लाको विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका कार्यवाहक अध्यक्ष तथा नागरिक दैनिकका सम्वाददाता दमन राई र लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आउनुभएका जेष्ठ पत्रकार कृष्ण आचार्यलाई सम्मान गरिएको हो ।
युनियनको तेस्रो जिल्ला अधिवेशनको अवसरमा सदरमुकाम दिक्तेलस्थित श्रेष्ठ होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा काग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले जनही नगद दुई हजार पाँच सयका साथमा सम्मान–पत्र प्रदान गर्नुभएको थियो । पत्रकारिताको माध्यमबाट विकास निर्माणमा सहयोग पु¥याउने पत्रकारहरुलाई थप हौसला पुगोस भन्ने उद्देश्यले स्थापना गरिएको कोषबाट पत्रकारद्धयलाई सम्मान गरिएको युनियनका जिल्ला अध्यक्ष दिलीप खत्रीले जानकारी दिनुभयो ।