फागुन–२०, युवा संघ खोटाङले महङ्गी, भ्रष्टाचार, कमिशनतन्त्र, लोडसेडिङ अन्त्य लगायतको माग गर्दै प्रधानमन्त्रीलाई हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ । तीन दिनदेखि सङ्कलन गरेको हस्ताक्षर सहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
दिक्तेलको त्रिवेणीचौकमा तीन दिन सङ्कलन गरेको पाँच हजार हस्ताक्षरको पुलिन्दा सहित प्रजिअ मार्फत सोमबार ज्ञापनपत्र बुझाइएको युवा संघका केन्द्रीय सचिव रमेश पौडेलले बताउनुभयो । मागबारे मङ्गलबार थप अन्तरक्रिया कार्यक्रम गर्ने सचिव पौडेलको भनाइ छ ।