
खोटाङ असार–१४, वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका नेपालीले खोटाङको अग्नी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । आगलागीबाट घर तथा सम्पति नष्ट भएपछि बिस्थापित बनेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४ परिवारलाई साउदीबाट सहयोग उपलब्ध भएको हो ।
२०७४ साल चैत्र २५ गते भएको आगलागीमा बिस्थापित भएका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको लागि साउदीमा रहेका शुभेच्छुकले एक लाख ११ हजार १५ रुपैयाँ संकलन गरेर पठाएका थिए । उक्त रकममध्ये २७ हजारमा चार अग्नी पीडितको घर निर्माणका लागि चार वटा घडेरी सम्याएपछि बाँकी रहेको ७६ हजार ६ सय ६० रुपैयाँ रकम बुधबार हस्तान्तरण गरिएको हो ।
घडेरी समस्याएपछि बाँकी रहेको रकम स्थानीय ज्येष्ठ नागरिक पुनकसिं राईले प्रतिपरिवार १८ हजार १ सय ६५ का दरले हस्तान्तरण गर्नु भएको हो । आगलागीबाट बिचल्नीमा परेका अग्नी पीडितको सहयोगार्थ साउदीमा फेसबुक ग्रुप च्याट अभियान चलाइएको अग्नी पीडित सहयोगका अभियन्ता एबं किरात राई यायोक्खा साउदी अरबका सचिव गणेश राई (रोदुङ किराती)ले बताउनुभयो ।