बैशाख–७, खोटाङको चिसापानीमा ध्वस्त बनाइएको १२ वर्षपछि बिपी कोईरालाको सालिक शिलान्यास गरिएको छ । पुर्वी पहाडी जिल्लामा भूमीगतरुपमा शसस्त्र संघर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले २०५८ सालमा ध्वस्त बनाएको बिपीको शालिक पुर्नस्थापनाका लागि शनिबार शिलान्यास गरिएको हो ।
कोईरालाको ध्वस्त सालिक पुर्नस्थापनाका लागि कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले शिलान्यास गर्नुभएको काग्रेसले जनाएको छ । गत २०५१ सालमा चिसापानी बजारमा स्थापना गरिएको कोईरालाको सालिक ७ वर्षपछि वर्कर्स कार्यकर्ताले ध्वस्त वनाएको थियो ।
शिलान्यास गरिएको बिपीको सालिक आगामी साउन–६ गते अनावरण गरिने कांग्रेसका जिल्ला सदस्य प्रेमकुमार राईले बताउनुभयो । नेविसंघको ४४ औं स्थापना दिवसको अवसरमा शालिक तथा चिसापानीबजार प्रबेश गर्ने सहिद गेट शिलान्यास गरिएको कांग्रेसले जनाएको छ ।
कायक्रममा जिल्ला सभापति राई, कांग्रेस नेता बिनोद वान्तवा, महासमिति सदस्य रबिप्रकाश राई, जिल्ला सचिव केशवराज कार्की, जिल्ला सदस्य रामकुमार श्रेष्ठ, प्रेमकुमार राई, भुवन श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, अन्रपार्टी महिला सञ्जालकी अध्यक्ष बिमला राई लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम कांग्रेस क्षेत्रीय सभापति तिर्थराज भट्टराईको सभापतित्वमा भएको थियो ।