बैसाख–१२, खोटाङ सदरमुकाम दिक्तेलस्थित सोल्मा स्पोर्टस क्लवले गाउँका एक अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । आगलागीबाट घर जगलेर बिचल्नीमा परेका दिक्तेल–८ सोल्माका देखुसन राईलाई स्पोर्टस क्वबले आर्थिक सहयोग गरेको हो ।
बिहिबार लागेको आगलागीबाट घर, अन्न, लत्ताकपडा, भाँडाकुँडा जलेपछि विचल्नीमा परेका राई परिवारलाई स्पोर्टस क्ल्वले नगद ५ हजार सहयोग गरेको जनाएको छ । अग्नी पिडित राईलाई घरैमा गएर खोटाङका प्रहरी नायब उपरिक्षक गोबिन्दकुमार शाहको हातबाट नगद सहयोग प्रदान गरिएको सोल्मा स्पोर्टस क्लवका अध्यक्ष धु्रबबिक्रम राईले जानकारी दिनुभयो । राई परिवारको जीवनयापनमा सहयोग पु¥याउनकालागि आर्थिक सहयोग गरिएको अध्यक्ष राईको भनाई छ ।
भान्छा कोठाबाट सल्किएको आगलागीबाट राईको ४ लाख बराबरको धन सम्पत्ती नष्ट भएको छ । आगलागीबाट घर बिहिन बनेका राईका ५ जनाको परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् ।