खोटाङ असार–१४, यही शैक्षिक सत्रदेखि बिद्यालयमा पहिलो पटक पठनपाठन गर्न सुरु गरिएको थुलुङ राई भाषाको पाठ्य सामाग्री निर्माण गर्न कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका २७ बिद्याालयमा पठनपाठन भईरहेको उक्त भाषाको पाठ्य सामाग्री निर्माण गर्न एक लाख ६६ हजार ५ सय ७० रुपैंयाँ (१६ लाख ७२ हजार पाँच सय वन) आर्थिक सहयोग प्राप्त भएको हो । 
डिल्ली थुलुङ र बिजय थुलुङको नेतृत्वमा रोजगारीको सिलसिलामा कोरिया वसोबास गर्दै आएका सोलुखुम्बु जिल्लाका २२ जना थुलुङ राईहरुबाट उक्त रकम संकलन गरिएको हो । संकलित रकम नेपालमा रहनुभएको मानध्वज थुलुङमार्फत सम्बन्धित संस्थालाई काठमाण्डौंमा हस्तान्तरण गरिएको थुलुङ राई भाषा पाठ्यक्रम बिकास केन्द्रका सदस्य पदम थुलुङ राईले बताउनुभयो ।
 थुलुङ राई साँस्कतिक प्रतिष्ठानका अध्यक्ष निर्कुधन थुलुङ र पाठ्यक्रम संगीत बिभागका संयोजक पदम थुलुङ राईलाई हस्तान्तरण गरिएको उक्त रकम पाठ्य सामाग्री अन्तर्गतकै बालगीत (राईम्स) निर्माणमा खर्च हुने जनाईएको छ । 
यसअघि थुलुङ राई भाषाको पाठ्य सामाग्री निर्माण तथा ब्यवस्थापनमा समस्या भएको समाचार प्रकाशन तथा प्रशारण भएका थिए । आफ्नो मातृभाषामा पठनपाठन गर्न र गराउन शुरु भएपछि बिद्यार्थी तथा अभिभाबकहरु उत्साहित भए पनि पाठ्यक्रममा निर्धारण गरिएको पाठ्य सामाग्री ब्यवस्थापनमा आर्थिक समस्या भएको बताईएको थियो । 
 हाल पठनपाठन भईरहेको शिशु र १ कक्षाका बिद्यार्थीका लागि पाठ्यक्रममा उल्लेखित ब्याकरण, शब्दकोष र राईम्स अर्थात बालगीत निर्माण लगायत थप ब्यस्थाका लागि रकम अभाव भएको उक्त पाठ्यक्रम केन्द्रले जनाएका छन् । 
स्थानीय तह कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठन–पाठनको बाटो खुलेका छन् । मातृभाषाको प्रभाबकारी पठनपाठनको लागि सबैबाट सहयोगको अपेक्षा गरिएको केन्द्रको संयोजक खुक्सङ खम्बुको भनाई छ । 
     कोरियाबाट सहयोग गर्ने सहयोगदाताहरुको विवरण

१, डिल्ली थुलुङ राई (देउसा) – २१०००० वन
२, चुडामणी थुलुङ राई (देउसा) – १५०००० वन
३, नविन थुलुङ राई (देउसा) – १५०००० वन
४, लक्ष्मी थुलुङ राई (देउसा) – ५०,००० वन 
५, अम्बिता थुलुङ राई (देउसा) – ५१,००० वन
६, बुद्दिकृष्ण थुलुङ राई (देउसा) – ५०,००० वन
७, जापान थुलुङ राई (देउसा) – ५०,००० वन
८, युवन्द थुलुङ राई (देउसा) – ५०,००० वन
९, प्रविण थुलुङ राई (देउसा) – ५०,००० वन
१०, हेमकर्ण थुलुङ राई (देउसा) – ५०,००० वन
११, केशब थुलुङ राई (देउसा) – ५०,००० वन
१२, देशु थुलुङ राई (देउसा) – ५०,००० वन
१३, प्रभुराज थुलुङ राई (देउसा) – ५०,००० वन
१४, हरिचन्द्र थुलुङ राई (देउसा) – १००,००० वन
१५, बिनोद थुलुङ राई (मुक्ली) – १००,००० वन
१६, बलबहादुर थुलुङ राई (सल्यान) – ५०,००० वन
१७, सन्तोष थुलुङ राई (पञ्चन) – ५१,००० वन 
१८, धनकुमार थुलुङ राई  (देउसा) – ५०,००० वन
१९, बिजया थुलुङ राई र पूर्णिमा थुलुङ राई (देउसा) – १५२,५०० वन
२०, जीवन थुलुङ राई (देउसा) – १०,५५,०० वन  
२१, मानध्वज थुलुङ राई (देउसा) –२५,०० रुपैंयाँ