जेष्ठ–२, छ वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक वृद्ध पक्राउ परेका छन् । बिस्कुट दिन्छु भन्दै बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गर्ने याम्खा–६ का ५० वर्षीय हर्कबहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।
गत बैशाख–२९ गते बलात्कृत बालिकाको आफन्तले प्रहरीमा दिएको उजुरीको आधारमा विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका विश्वकर्मालाई जबरजस्ती करनी अन्तरगतको मुद्दा चलाइएको छ ।
बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । प्रहरीका अनुसार यस वर्ष मात्रै जिल्ला प्रहरी कार्यालयमा १४ वटा बलात्कारको घटनाका मुद्दा दर्ता भएको छ । मुद्दा शाखाका प्रहरी सहायक निरीक्ष मनोज यादवका अनुसार १२ बलात्कार र दुई वटा बलात्कार प्रयास अन्तरगतको मुद्दा दर्ता भएको हो ।
जसमध्ये दश जनालाई पक्राउगरी कारागार चलान गरिएको छ भने, दुई जना फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।