पन्ध्रौं धान दिवसको अवसरमा खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुक्रबार आयोजना गरेको सामुहिक धान रोपाईं कार्यक्रममा बिभिन्न रमाईला दृश्यहरु देखिएका छन् । कालिनाक कृषक समुहको ब्यवस्थापनमा नगरको तीन नम्बर वडा बाम्राङको झिसेपुमा भएको धान रोपाईं कार्यक्रमका रमाईला र अर्थपूर्ण दृश्यहरु । फोटो /प्रस्तुति : रामधन राई ।

मोवाईल मेला

स्वादिलो सेल्फी : रोपाईमा सहभागी पत्रकार, कर्मचारी, जनप्रतिनिधि, युवायुवती तथा सर्बसाधारण ।

फोटोतिरै ध्यान : रोपाईंमा सहभागी एकअर्कामा फोटो खिचाखिचमा ब्यस्त । मानौं फोटोकै लागि हिलोमा पसिएको थियो । 

हल गोरुकै भर : रोपाईमा खटाईएको तीन हल गोरु । गोरुको हल र हलीको बल सन्तुलित नभए मेलो सर्दैन । हलीहरुले हिलोमा देखाएको तुजुक रमाईलो थियो ।

अलराउण्डर मेयर : मेयर दिपनारायण रिजालले हली, बाउसे र रोपाहारको काम गर्नुभएको थियो । मेयर रिजालबाट धान रोप्न सुरु गरिएको थियो । 


वडाध्यक्षको ओहोरदोहोर : वडा नम्बर तीनको वडाध्यक्ष ललितकुमार राई रोपाईंमा खुबै खटिनुभएको थियो । कामको मेसो दिलाउनेदेखि अराउपराउमा गर्न र आफै खटिन समेत भ्याईरहेको देखिन्थ्यो ।


छुपुमा छुपु हिलोमा धान : लहर मिलाउने कोशिष गर्दै सबै मिलेर धान रोपिएको थियो । प्राय सहगीको धान रोप्नमै चासो थियो । 




हिलोको होली : रोपाईंमा युवायुवतीहरु एक आपसमा हिलो छ्यापाछ्याप खेलेका थियो । उनिहरु हिलोसँग रमाउन आतुर देखिन्थे । 

अन्त्यमा : दही चिउरासहितको खाजा ।