जेष्ठ–१५, यस वर्ष जिल्लामा आलु उत्पादनमा गिरावट आउने भएको छ । लामो समयको खडेरीका कारण यस वर्ष आलु उत्पादनमा गिरावट आउने भएको हो ।
आलु रोप्ने र रोपीसकेपछि पनि लामो समय पानी नर्पनाले उत्पादनमा गिरावट आउने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गत वर्ष ६० हजार पाँच सय मेट्रिक्टन उत्पादन भएको थियो, यस वर्ष त्यसको आधा पनि नहोला जस्तो छ ।’
लेकाली क्षेत्रमा बसोबास गर्ने कृषकहरुले प्रमुख बालीका रुपमा लगाउने आलु खेतीमा उत्पादनमा गिरावट आउने भएपछि चिन्तित बनेका छन् । उनीहरुका अनुसार कुनै–कुनै ठाउँमा बिउ समेत नपाइने भएको छ । यस वर्ष जिल्लामा करिब साँढे छ हजार हेक्टर क्षेत्रफलमा आलु खेती लगाइएको छ । प्राविधिक सहायक साहका अनुसार गत वर्ष ५५ हेक्टर क्षेत्रफल जग्गामा आलु खेती लगाइएको थियो ।