जेष्ठ–१९, सहिद मनोज जोशी स्मृति प्रथम खुला पुरुष फुटबल प्रतियोगिताको उपाधी गाविसको कार्यालय दोर्पाचिरीडाँडाले चुमेको छ । सदरमुकाम दिक्तेलस्थित माटीकोरे खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा जबरजङ्ग गण मुडे ब्यारेकलाई दुई शुन्यले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधी चुमेको हो ।
खेलको शुरुमै दोर्पाचिउरीडा“डाका सुरज राउतले गोल सुरुवात गरेका थिए । उनले खेल सुरु भएको तीन मिनेटमै पहिलो गोल गरेका थिए । एक गोलको अग्रता पाएको दोर्पाचिउरीडा“डाका लागि मध्यान्तरपछि अर्का खेलाडी प्रमेश खत्रीले तीन मिनेटमै गोल गरेर जित पक्का बनाएको हो ।
जितसँगै दोर्पाचिउरीडा“डाले एक लाख ११ हजार एक सय ११ रूपैया“ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका छन् । हारसँगै उप–विजेता बनेका जबरजङ्ग गण मुडे ब्यारेकले ६६ हजार छ सय ६६ रुपैया“ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पारेका छन् । आइतबार भएको सेमीफाइनलको खेलमा दुर्छिम गाविसलाई ट्राइब्रेकरमा पा“च–चारले पराजित गर्दै ब्यारेक फाइनलमा प्रवेश गरेको थियो । आइतबारै भएको अर्को खेलमा दिक्तेलबजार सामाजिक गुठीलाई दुई–एकले पराजित गर्दै दोर्पाचिउरीडा“डा फाइनल प्रवेश गरेको थियो ।
दिक्तेलबजार सामाजिक गुठीले तेस्रो पुरस्कार हात पारेको छ । तेस्रो पुरस्कार राशी ३३ हजार तीन सय ३३ रुपैया“ सहित ट्रफी, मेडल र प्रमाण–पत्र रहेको थियो भने, दुर्छिम गाविसले सान्त्वना पुरस्कार वापत ११ हजार एक सय ११ रुपैया“का साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
प्रतियोगिता अवधिको उत्कृष्ट मिटफिल्डर बाक्सिलाका विशन अधिकारी, उत्कृष्ट डिफेन्डर दुर्छिमका अनिल तामाङ, उत्कृष्ट गोल रक्षक दोर्पाचिउरीडा“डाका विजयसिं महर्जन, उत्कृष्ट स्ट्राइकर दोर्पाचिउरीडा“डाकै सुरज राउत र उत्कृठ खेलाडी दिक्तेलबजार सामाजिक गुठीका शैलेन्द्र बजिमय घोषित भए । उनीहरूलाई पा“च हजार पा“च सय पा“च रुपैया“ नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्रले सम्मान गरिएको छ ।
सहिद मनोज स्मृति प्रतिष्ठान र रुपाकोट फुटबल क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिता जिल्लाका १४ समूहले प्रतिस्पर्धा गरेका थिए । जेठ १४ गते सुरु भएको प्रतियोगिताका विजयी समूहलाई प्रमुख अतिथि एवं सभासद पाँचकर्ण राईले पुरस्कार तथा सम्मान–पत्र प्रदान गरेका थिए ।