
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर दिपनारायण रिजालले गत बर्ष २०७४ असार १८ गते जनताको नाममा सपथ लिनुभएको थियो । मेयर रिजालले जनताको सेवामा निरन्तर समर्पित हुने तथा जवाफदेही भई जिम्मेवारी वहन गर्ने भावको सपथ लिनुभएको यही असार १८ गते एक बर्ष पूरा भएको छ ।
यसवीचमा ‘समाजबाद उन्मुख सभ्य र समृद्ध नगर : दिक्तेल रुमबासीको रहर !’ भन्ने मान्यता उक्त नगरपालिकाले लिएको छ । यही नारा, मान्यता अर्थात सपनालाई साकार पार्ने अभियानमा लागी खुशी र सुखी नगरबासीको परिकल्पना गरिरहँदा बर्ष दिनभित्र के कस्ता परिवर्तन भयो र अवको योजना के छ ? भन्ने बारेमा मेयर रिजाललाई जिज्ञासा राखिएको छ । पढौं जिज्ञासामाथि मेयर रिजालको प्रष्टोक्ति ।
१) तपाईले कार्यभार सम्हाल्नुभएको एक वर्ष पूरा भएको छ । नगरपालिकामा के परिवर्तन आयो त ?
नगरबासीले महसुस गर्ने गरीकनको परिबर्तन भएको छ । पुर्बाधार बिकास, आर्थिक बिकास, सामाजिक बिकास,संस्थागत शुसासन तथा सेवा प्रबाह लगाएत सबै क्षेत्रमा उल्लेखनिय परिबर्तन भएको छ । यति सम्म भन्न सकिन्छ की केही वडाहरुमा इतिहासदेखि हामी निर्बाचित हुँदा सम्म भएको बिकास र हामी निर्बाचित भएपछि भएको बिकासलाई तुलना गरेर हेर्ने हो भने हामी निर्बाचित भएपछि भएको बिकास बढी भएको छ ।म दाबिका साथ भन्छु स्वतन्त्र तरिकाकाले तेस्रो पक्ष नियुक्त गरि हामी निर्बाचित हुनुपुर्ब इतिहास देखि भएको बिकास र हामी निर्बाचित भएपछिको बिकास तुलना गर्न लगाऔ हामीले एक बर्षमा बढी गरेका छौ ।
२) विकासको सन्दर्भमा देखिने विकास कहाँ भएको छ ?
१५ वटै वडामा भएको छ । प्रत्येक वडामा कम्तिमा १–१ वटा ठूला पुर्बाधारका कार्यक्रम कम्तिमा ३० लाखको लगानीमा सम्पन्न गरिएको छ । दिक्तेल बजारमा मोटरसाईकल समेत हिड्न नसक्ने अवस्थालाई हामी निर्बाचित भएको ४५ दिनमा नै सुधार गरेका छौ । बुइपाको पञ्चेदोबाटो बजार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । ४० प्रतिसत भन्दा बढी काठको पोललाई आईरनपोलमा रुपान्तरण गर्ने काम भएको छ । महुरेगढी, भूलभूले, मझुवागडी कालिका देबिस्थान,साप्सुढाप पर्यटन प्रबद्र्दनको काम अन्तिम चरणमा पुगेको छ । यि र यस्ता अनगिन्ति कामहरु भएका छन । अस्पताल चौक हुँदै भानुचोक खानिडा“डा सडक पिच गर्नका लागि टेण्डर भई सकेको छ । दिक्तेल बजारको पिच गर्ने योजना अन्तिम चरणमा पुगेको छ । दिक्तेल बजारमा सपिङ कम्पलेक्स निर्माणको परामर्शदाताबाट अध्ययन भईरहेको छ । लगाइत थुप्रै ठूला र महत्वका योजनाहरु सञ्चालन हुने अवस्थामा छन् ।
३) सडकको अवस्था उस्तै नाजुक छ । किन यस्तो भएको हो ?
सबै सडकहरु अहिले निर्माणधिन अवस्थामा छन् । निर्माणधिन अवस्थामा स्वभाबिक रुपमा हाम्रो जस्तो माटो भएको भूभागमा पानी परेपछि केही गर्दा पनि सम्भव नहुने रहेछ । बर्षायाम सुरु भएपछि अवस्था उस्तै हो की भने जस्तो लाग्छ तर स्टक्चरको काम सम्पन्न भईसकेको अव्स्था छ । अब अर्को बर्ष यस्तो अवस्था रहँदैन ।
बिगतको तुलना गरेर हेर्दा धेरै सुधार भएको छ तर जति सुधार हुनुपर्ने भएको छैन । सडकहरु निर्माणधिन अवस्थामा भएका कारण यस्तो भएको हो । म सम्पुर्ण नगरबासीलाई बिश्वास दिलाउछु । अर्को बर्ष सडकमा उल्लेखनिय उपलब्धि हामीले हासिल गरेका हुने छौ । यसपटक हामीले नयाँ सडक जति खन्नुपर्ने हो खनि सकेउ अव हामी सडकको स्तर उन्नतिमा मात्र बजेटिड गर्छौ ।
४) कृषिबाट समृद्ध दिलाउने योजना बनाउनु भएको थियो तर खै त ?
यस आ.व. मा कृषिमा उल्लेखनिय सुधार भएको छ । नमुना कृषि उद्यमी कार्यक्रम मार्फत ३१ जना उद्यमीहरु छनोट गरी २१ तरकारी खेति, ८ माछापालन १ च्याउ खेति र १ मौरीपालन कार्ययोजना अनुसार उद्यम प्रवर्धन गरी स्वरोजगार र उत्पादन प्रवर्धन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत चालु आ.व. मा यस नगर क्षेत्रभित्र ९ वटा (केरा खेति–२, सुन्तला कागती–२, लिची–१, अलैंची–२ किवी–२) पकेटहरु छनोट गरी सञ्चालनमा रहेका छन । जसबाट ती वालिहरुको खेति क्षेत्र विस्तार भएको र आगामी दिनहरुमा उत्पादन वृद्धि हुनेछ । नगर रेन्बो ट्राउट विकास कार्यक्रम अन्तर्गत २ वटा नयाँ रेन्बो ट्राउट फर्महरु विकास भईरहेका जसबाट १ सय घन मिटर रेन्बो ट्राउट पाल्ने ठाउँ (रेसवे) तयार भई वार्षिक करिब २ टन थप रेन्बो ट्राउट माछा उत्पादन हुने अनुमान छ । वेमौसमी तरकारी खेति प्रवद्र्दन कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्र ३ सय वटा प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ, जसले वेमौसमी तरकारीको क्षेत्र विस्तार र उत्पादन प्रवद्र्दन भएको छ ।
चालु आ.व.मा नगर क्षेत्रभित्र २ सय मे.टन रासायनिक मल ढुवानी अनुदानमा वितरण गरिएको छ । नगर क्षेत्र भरी ७५ वटा मुत्र संकलन सहितको गोठ सुधार, सिंचार्इँको लागी २० वटा प्लाष्टिक पोखरी र २ वटा साना सिंचाई निर्माण गरिएको छ । वीज वृद्धि कार्यक्रम अन्तर्गत आलु र गहुँका उन्नत जातको मूल विउ भित्र्याईएको छ । जसले जातीय सुधार भई उत्पादन वृद्धि हुने अपेक्षा लिइएको छ । साथै कालो धानको विउ दिक्तेल र जाल्पा लगायतका क्षेत्रमा परिक्षण गरिदै छ । स्थलगत कृषक तालिम (७५), क्ष्एः कृषक पाठशाला (१), वाली उपचार शिविर (१), कृषक प्राविधिक अन्तरक्रिया (५), सरोकारवालाहरुसँग छलफल र अन्तरक्रिया (५) आदि कार्यक्रमहरु संचालन गरी कृषि सम्बन्धि ज्ञान, सीप र प्रविधिहरु किसानसम्म लैजाने प्रयास गरिएको छ ।
वित्तीय साक्षरता कक्षा, एकल महिला लक्षित कार्यक्रम, रेडियो जिङ्गल, प्राविधि प्रकाशनका माध्यमबाट लक्षित समूहसम्म उद्यमशिलता र आयआर्जन वृद्धि प्रवद्र्दन गरिएको छ । नगरपालिकाको कृषि प्रोफाईल निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
५) शिक्षा नीति पारित गर्नुभएको छ । उक्त नीति लागू भयो त ?
हो हामीले सायद देशकै गणना गर्न लायक हुने गरी शिक्षा नीति पारित गरेका हौं । यो नियमावलिको बारेमा राष्ट्रिय स्तरमा समेत निकै चर्चा परिचर्चा पनि भएको छ । यो नियमावलिलाई हामीले कार्यन्वयनमा ल्याएका छौ । बृहत शैक्षिक सेमिनारको आयोजना गरि शिक्षा क्षेत्रलाई गुणात्मक सुधार गर्ने योजनाका साथ हामी अगाडी बढेका छौ ।
६) स्वास्थ्य क्षेत्रमा के परिवर्तन आयो ?
दिक्तेल अस्पतालमा देखिने परिबर्तन भएको छ हामी जो कोही गएर हेर्न सक्छौ । अस्पतालको बाहिरी र भित्री दुवै स्वरुपमा हामीले परिबर्तन गराएका छौ । बिजयखर्क, बाम्राङ र नेर्पामा स्वास्थ्य संस्था भवन निर्माणको चरणमा रहेको छ ।
आगामी कार्तिकभित्र सञ्चालनमा आउने गरी ब्लड बैंक निर्माणको काम निरन्तर भईरहेको छ । बिशेषज्ञ स्वास्थ्य शिबिरको आयोजना गरि १५ सय बढीलाई बिशेषज्ञ सेवा प्रबाह गरिएको छ ।
विरामीहरुका लागि खाना, विद्यालय स्वास्थ्य प्रवद्र्दन कार्यक्रम, समुदायमा स्वास्थ्य प्रवद्र्दन कार्यक्रम विश्व स्वास्थ्य दिवस मनाइएको, महिला स्वास्थ्य स्वयमसेविकालाई पोशाक भत्ता वितरण, अस्पताल तथा वर्थिङ सेन्टर साईटहरुमा चौविस घण्टे प्रसुति सेवा सञ्चालन गर्न करार अ.न.मि. नियुक्ति लगायतका कार्यहरु हामीले गरेका छौं ।
यसबीचमा भएका कार्यहरुको कुरा गर्दा औषधि तथा सामाग्रीहरु प्याकिङ तथा ढुवानि, परिवार स्वास्थ्य कार्यक्रमका लागि पाटोग्राफ सहित फर्म–फर्मेट छपाई, अव्सटेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरुका लागि स्क्रिनीङ, रिङ पे्रसरी र भिआईए जाँच, आइयुसिडि र इम्प्लाण्ट सेवा जिल्ला अस्पतालबाट प्रदान गरिएको छ ।
स्वास्थ्य सम्बन्धी आयोजित कार्यक्रमहरुमा महिला स्वास्थ्य स्वयमसेसेविका दिवस मनाउनका साथै म.स्वा.स्व.से.हरुका लागि अर्धवार्षिक समीक्षा गोष्ठी २ पटक सम्पन्न गरिएको छ । म.स्वा.स्व.से.हरुलाई दीर्घकालीन सेवाका लागि सम्मानजनक विदाई खोप तथा गाउघर क्लिनिक सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरुलाई फिल्ड भत्ता वितरण विरामी नवजात शिशुका लागि निःशुल्क उपचार भिटामिन ए तथा जुकाको औषधि वितरणका लागि म.स्वा.स्व.से. परिचालन समेत यसबीचमा गरिएको छ ।
जिल्ला अस्पतालको सेवा सुदृढीकरणका लागि निर्देशिका अनुसार कार्यक्रम सञ्चालन, स्वास्थ्य चौकी स्तरमा स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन एवं गुणस्तर सुधार कार्यक्रमका लागि समाग्रीहरु उपलव्ध, निःशुल्क स्वास्थ्य सेवाका लागि औषधि खरिद यी कार्यहरु नगरपालिकाले गरेको छ ।
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका लागि ओ.पि.डि. टिकट छपाई, आमा सुरक्षा कार्यक्रमका लागि यातायात खर्च तथा उत्प्रेरणा खर्च वितरण, जिल्ला अस्पतालमा उपचार हुन नसकेका विरामिका लागि रेफरवापतको रकम उपलव्ध, वर्थिङ सेन्टरमा प्रसुति गराए वापत न्यानो झोला वितरण जस्ता कार्य पनि नगरको स्वास्थ्य क्षेत्रमा भएको छ ।
सिलिकन रिङ–प्रेसरी खरीद गाउँघर क्लिनिक सञ्चालानार्थ उपकरण खरिद, पुर्ण खोप दिगोपनाका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरक्रिया सम्पन्न भएको छ । नियमित खोप कार्यक्रमको कभरेज वढाउनका लागि वैशाख महिनालाई खोप महिनाको रुपमा मनाइएको थियो । वन्ध्याकरण घुम्ति शिविर अगावै म.स्वा.स्व.से. सँग छलफल, स्टाफ नर्स तथा अ.न.मि.हरुलाई क्लिनिकल तालिम सञ्चालन, पुर्ण खोपयुक्त गाविस(वडा) तथा नगरपालिकाका लागि स्वास्थ्य संस्था प्रमुखहरुसँग एक दिने गोष्ठी सम्पन्न भएको छ । खोपको पहुँच नपुगेका र म्चयउ इगत पत्ता लगाउनका लागि म.स्वा.स्व.से.हरुसँग एक दिने गोष्ठी सम्पन्न, वाह्य खोप केन्द्र भवन निर्माण क्षयरोगको उपचार केन्द्रहरुमा अनुगमन तथा सुरक्षित मातृत्वको क्षेत्रमा पनि नगरपालिकाले सेवा प्रदान गर्दै आएको छ ।
वान हार्ट वल्र्डवाईड खोटाङसँग समन्वय गरि प्रसुति केन्द्र खार्मीको मर्मतसंभार तथा स्तरोन्नति ९च्भलयखबतष्यल० र उक्त केन्द्रमा आवस्यक औजार उपकरण उपलव्धताका लागि समन्वय वान हार्ट वल्र्डवाईडसँगकै समन्वयमा स्वास्थ्य चौकी जालपा र वुइपामा गर्भ जाँच भिडियो एक्सरे सम्वन्धि २१ दिने तालिम तथा मेसिन उपलव्ध गराईएको छ । सोही संस्थासँग समन्वय गरी जिल्ला अस्पताल खोटाङका एक जना मे.अ. लाई क्उभअष्ब िल्भधदयचल ऋबचभ ग्लष्त सम्वन्धि तालिम, दुई जना स्टाफ नर्सलाई क्द्यब् रल्यल(क्द्यब् ऋष्लिष्अब िःभलतयचष्लन सम्वन्धि तालिम प्रदान गर्नका साथै क्द्यब्रल्यल(क्द्यब् इलकष्तभ ःभलतयचष्लन ऋष्लिष्अब िबिद स्थापना र एक थान फोटो थेरापि मेसिन सेट उपलव्ध गराईएको छ ।
वान हार्ट वल्र्डवाईडसँग समन्वय गरि २०१८ भित्र स्वास्थ्य चौकी दोर्पा चिउरीडाँडा र बुइपाको मर्मतसम्भार तथा स्तरोन्नति ९च्भलयखबतष्यल० का लागि इज्ध् भ्लनष्लभभच बाट ऋयकत भ्कतष्mबतष्यल तथा ःभबकगचझभलत का कार्यहरु सम्पन्न भएका छन ।
७) पर्यटनमा जोड दिएको छु भन्नुभएको थियो तर त्यस्तो परिवर्तन त भएन नि ?
बिकास यस्तो प्रकृया हो जो जादुको छडी जस्तो तुरुन्तको तुरुन्तै देखिहालोस तर हाम्रो नगरपालिकामा पर्यटनको क्षेत्रमा एक बर्षमा देखिने गरिकनको काम अगाडी बढेको छ । महुरेगढीमा सबैलाई आकर्षण गर्नेगरीको पर्यटकीयस्थल निर्माण भएको छ । भूलभूले तपाईहरु गएर आफै हेर्न सक्नु हुन्छ । साप्सुढापमा तपाई आफै जान सक्नुहुन्छ । मझुवागढी कालिका देबिस्थानमा उल्लेखनिय परिबर्तन भएको छ । रुपाकोटलाई आकर्षक बनाउने काम अव शुरु हुदैछ ।
८) युवा वैदेशिक रोजगारीमा गइरहेका छन । उनीहरुलाई आफ्नै भूमिमा रोजगारी सिर्जना गर्ने कुरा गर्नु भएको थियो । कुनै काम भयो त ?
काम भई रहेकोछ नतिजामा खेखिन बाँकी छ ।
९) तपाईको कार्यकालभित्र नगरपलिकालाई कस्तो बनाउने योजना छ ?
‘समाजबाद उन्मुख सभ्य र समृद्ध नगर ः दिक्तेलरुमबासीको रहर !’ भन्ने हाम्रो सपनालाई साकार बनाउने खुसी र सुखी नगरबासी हाम्रो अभियान हो । ५ बर्षमा हाम्रो नगर कस्तो बनाउने भन्ने कुरा देशकै पहिलो आवधिक योजना निर्माण गरी हाम्रा प्राथमिकताहरु निर्धारण गरेका छौ ।
१०) नगरपालिका अत्यन्तै फोहार र कूरुप छ । सफा र सभ्य नगरपलिका कहिले बनाउनु हुन्छ ?
दिक्तेलबजार स्थापना भएदेखिको फोहोर हामीले बृहत सरसफाई सप्ताह आयोजना गरेर उठायौं । वास्तवमा घरको बुईगल र भ¥याङको चेपमा राखेको कयौं बर्षदेखिको फोहोर हामीले व्यवस्थापन गरेका छौ । अव हामी फोहोर व्यवस्थापनको नयाँ मोडलमा गएर सरसफाईको कामलाई निरन्तरता दिने छौ ।
–प्रस्तुति : रामधन राई