असार–१६, जिल्लामा यौनजन्य अपराधका घटना बढ्दै गएपछि जिल्लास्थित महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जालले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा दश बालिका सहित १७ जनालाई बलात्कार गरेपछि प्रधानमन्त्री समक्ष आइतबार ज्ञापन बुझाएका हुन् ।
सञ्जालले बलात्कारसम्वन्धी कानुन विभेदपूर्ण भएको भन्दै त्यसलाई अविलम्ब संशोधन गर्न समेत माग गरेको छ । द्रुतन्याय प्रणाली अबिलम्ब गठन गरी बलात्कारबाट प्रभावितहरूसँग सम्बन्धित सबै घटनाहरूको प्रभावकारी फैसला गर्नु पर्ने ज्ञापनमार्फत माग गरिएको छ । द्वन्द्वकालमा भएका सबै खाले यौन हिंसाको अनुसन्धान गर्न उच्च राष्ट्रिय समिति गठन गर्नुका साथै नया“ बन्ने संविधानमा महिला अधिकार सुनिश्चितता हुनु पर्ने लगायतका विभिन्न दश सुत्रीय माग ज्ञापनमा उल्लेख गरिएको छ ।
जिल्लामा बालिका सहित बलात्कारका घटना बढेपछि महिला आतङ्कीत बनेका छन् । यो वर्ष मात्र जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका १७ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोज यादवका अनुसार जबरजस्ती करणीका १४ र जबरजस्ती करणी उद्योगका तीन वटा घटनाको उजुरी परेकोमा १४ जना पक्राउ परेका छन् । यसमध्ये पुपक्षका लागि थुनामा आठ जना छन् ।
धरौटीमा चार जना छुटेका छन् भने तारेखमा एक जना छुटेका छन् । सुधार गृहमा एक जना छन् भने अनुसन्धानमा एक जना छन् । उजुरी परेकामध्ये दुई जना फरार छन् । हालै मात्र पा“च वर्षीय बालिकालाई बलात्कार गर्ने डा“डागाउ“–१ का २५ वर्षीय किशोर भुजेल सोमबार पक्राउ परेका छन् । भुजेलले स्थानीय पा“च वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई छितापोखरीस्थित प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनिएको प्रहरीले जनाएको छ ।
बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।
त्यस्तै, १४ वर्षीया बालिकामाथि बैशाख–३०गते बलात्कार गर्ने बोपुङका पदमबहादुर सार्की पक्राउ परेका छन् । एक महिलामाथि जेठ–५ गते बलात्कार गरेको अभियोगमा दिक्तेल(५ का कर्णाखर आचार्य पक्राउपछि धरौटीमा छुटेका छन् । यसैगरी, बैशाख–२९ गते पा“च वर्षीया बालिकालाई बलात्कार गर्ने याम्खा–६ का हर्कबहादुर विक पक्राउपछि पुर्पक्षका लागि थुनामा छन् । बैशाख–१९ गते दश वर्षीया बालिकालाई बलात्कार गर्ने महेश्वरी–९ का राजेन्द्रकुमार रम्तेल भने फरार छन् ।
फागुन–२६ गते ४५ वर्षीया महिलालाई बलात्कार गर्ने सप्तेश्वर–८ का सन्देश राई पनि पक्राउ परेका छन् । फागुन–२२ गते ६ वर्षीया बालिकालाई बलात्कार गर्ने खार्मी–८ का नविन राई पनि थुनामा छन् । माघ–२९ गते १४ वर्षीया किशोरीलाई बलात्कार गर्ने बाक्सिला(७ का कर्णबहादुर बस्नेत पनि थुनामै छन् ।
कात्तिक–३ गते १८ वर्षीया युवतीलाई हातपात गरेको भन्दै टेम्मा–५ का खगेन्द्र बिसङ्खेले थुनाबाटै करणी उद्योगमा मुद्दा खेपिरहेका छन् । करणी उद्योगमै चिसापानी–८ का रामबहादुर बुढाथोकीले पनि थुनाबाटै मुद्दा खेपिरहेका छन् । उनले असोज–१८ गते १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको भन्दै मुद्दा दायर भएको थियो । भदौ–२७ गते १७ वर्षीया युवतीलाई बलात्कार गर्ने बाकाचोल–५ का भक्तकुमार राई दालतमा हाजिरपछि ४० हजार धरौटीमा छुटेका छन् । भदौ–११ गते चार वर्षीया बालिकालाई बलात्कार गर्ने पाथेका–९ का हर्कमणि खड्का पनि तारेखमै छुटेका छन् । साउन–१९ गते चार वर्षीया बालिका बलात्कार गर्ने बाकाचोल–२ का रमेशकुमार पुरी भने फरार छन् ।
भदौ–१ गते चार वर्षीया बालिका बलात्कार गर्ने खार्तम्छा–७ का आशधन विक पक्राउपछि बालसुधार गृहमा पठाइएको छ । साउन–१२ गते एक महिलालाई बलात्कार गर्ने चिउरीडा“डा–९ का प्रेमबहादुर पाण्डे थुनामा छन् । साउन–११ गते एक युवतीलाई बलात्कार गर्ने दिक्तेल–३ का परशुराम आचार्य पक्राउपछि ७० हजाार धरौटीमा छुटेका छन् । असार–२८ गते दश वर्षीया बालिकालाई बलात्कार गर्ने राखावाङ्देल–४ का जापान राई पनि पुर्पक्षका लागि थुनामा छन् ।