रामधन राई/खोटाङ,
असार–२६, खोटाङमा मौरी पालनलाई ब्यावसायिक बनाउँदै आत्मनिर्भर तथा जीबिकोपर्जनमा सहज तुल्याउने उदेश्यले फरक क्षमता भएका ब्यक्तिहरुको लागि मौरीपालनसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
अपाङग सेवा संघ खोटाङको बन्दोवस्तीमा फरक क्षमता भएकाहरुको लागि ७ दिने आधारभुत मौरीपलान सम्बन्धी तालिम सञ्चालन गरिएको हो । जिल्ला बिकास समितीको सहयोगमा आईतबारबाट सदरमुकाम दिक्तेलमा जारी तालिममा मौरीपालन सम्बन्धी सैद्धान्तिक र प्राविधिक ज्ञानको जानकारी दिईने अपांग सेवा संघको सचिब कृष्ण अचार्यले जानकारी दिनुभयो ।
रत्नपार्कस्थित अपाङ सेवा संघको कार्यालयमा जारी तालिममा जिल्लाका बिभिन्न ठाँउका फरक क्षमता भएका १६ जनाको सहभागिता रहेको छ । तालिमको मौरीपालन व्यवसायी बलाराम राईले सहजीकरण गरिरहनुभएको छ ।