असार–२८, विद्यूत ट्रान्सफर्मर पड्कदा खोटाङमा दुई जनाको ज्यान गएको छ भने, दुई जना गम्भिर घाइते भएका छन् । बुइपा–१ बस्ने ४५ वर्षीया कालीमायाँ राई र ४९ वर्षीया पदमसरी राईको ज्यान गएको हो भने, १६ वर्षीया निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठ गम्भिर घाइते भएका हुन् । 
ट्रान्सफर्मर पड्कना साथ सर्ट भएको विद्यूतमा परी घाइते बनेका उनीहरुको उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौं लानेक्रममा बाटैमा ज्यान गएको स्थानीय मिना राईले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुसँगै काठमाडौं पु¥याइएको गम्भिर घाइते निजाको केएमसी अस्पतालमा उपचार भइरहेको छ । 
उनीहरुसँगै घाइते बनेका कृष्णको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । शनिबार बिहान साँढे नौं बजेतिर घर छेउमा रहेको विद्यूत ट्रान्सफर्मर पड्कदा उनीहरु घाइते बनेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 
ट्रान्सफर्मर पड्कना साथ घरघरमा जडान गरिएको विद्यूत लाईनमा आगो उठ्न थालेपछि राईसकुकर झिक्नेक्रममा पदमसरी घाइते भएको पारिवारिक श्रोतले जनाएको छ । चार्जमा रहेको मोवाइल झिक्नेक्रममा निजा र  लाईट झिक्नेक्रममा कालीमायाँ घाइते बनेको स्थानीयको भनाइ छ ।