साउन–६, खुकुरीमा धार लगाउनेक्रममा लडेर छातीमा रोपिँदा खोटाङमा एक बालकको ज्यान गएको छ । राजापानी–७ का प्रेमबहादुर राईको छोरा ११ वर्षीय प्रदिप राईको ज्यान गएको हो ।
सोमबार बेलुका पिँडिमा बसेर खुकुरीमा धार लगाउँदै गर्दा चिप्लिएर खुकुरीमाथि लडेका बालकको सोही खुकुरीले छातीमा घोपिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । छातीमा गहिरो चोट लागेको उनको घटना स्थलमै ज्यान गएको स्थानीयको भनाइ छ ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । उहाँका अनुसार घटनाको सत्यतथ्य छानविन गर्न प्रहरीको टोली समेत खटाइएको छ ।