खोटाङ असार–२१,  खोटाङस्थित खोटेहाङ गाउँपालिका–९ का नारायण पराजुलीले कुवेतस्थित कम्पनीमा काम गर्दागर्दै दाहिने हातको बुढी औंला गुमाउनुप¥यो । वैदेशिक रोजगारीको शिलशिलामा कुवेतको युनाईटेड इन्जिनियरिङ जनरल ट्रेडिङ एन्ड कन्ट्रक्सनमामा काम गर्दै गर्दा अचानक औजारमा च्यापिँदा पराजुलीको औंलाको कामै नलाग्ने गरी बिग्रियो । 
 सन् २०१६ को अन्त्यमा दि रिभर ओभरसिज म्यानपावर काठमाण्डौंबाट कुवेत पुग्नुभएको नारायणको औंलाको उपचार तत्कालै कम्पनीले नै गराए पनि काम लाग्ने बन्न सकेन । तब उहाँ आफ्नो दुर्घटना बिमा बापतको रकम प्राप्त गर्ने प्रक्रियातिर लाग्नुभयो । बीमा रकम प्राप्त गर्नको लागि सो सम्बन्धि कागजात आवश्यक पर्छ भन्ने पराजुलीलाई थाहा थियो । तर उक्त दुर्घटना बीमाको कागजात अस्पताल लैजाने क्रममा ड्राईभरले नै लगेर फिर्ता नगरी कम्पनीलाई बुझाएको थियो । 
कम्पनीबाट पाउनुपर्ने बीमा रकम दावीको लागि आवश्यक कागजात कम्पनीमै रहेपछि पटक–पटक माग्दा पनि नारायणले फेला पार्न सक्नुभएन । ६ महिना बित्दा समेत कागजात नपाएपछि उहाँले पुलिसमा रिपोर्ट गर्ने डर समेत देखाउनुभयो । अझै पनि कम्पनीले कागजात दिएन । 
उहाँ भन्नुहुन्छ–‘कम्पनीमा अरु नेपालीबाट कानुनी सल्लाह पाएँ तर नेपाली फोर्मेनले नै चाँही मलाइ निकै दवाब र टर्चर  दिनुहुन्थ्यो ।’ 
अन्ततः पराजुलीले निःशुल्क कानुनी सहायता केन्द्र लगायतको सहयोगमा सबै प्रक्रिया पु¥याएर कम्पनीबाट दुर्घटना बीमा बापतको रकम लिएरै छाड्नुभयो । ‘जे जति पाउने रकम इन्स्योरेन्स बापतको कुवेतमा पनि पाएँ ।’ उहाँको भनाई छ– ‘नेपालमा म्यानपावरको समेत सहयोगले सुर्य लाइफ इन्स्योरेन्सबाट पाउने २ लाख  रुपैंयाँ र वैदेशिक रोजगार प्रवद्र्दन बोर्डबाट  पाउने  ३५ हजार रुपैंयाँ पनि पाएँ ।’ 
उहाँ आफुले पाउनुपर्ने नियमबमोजिमको सबै रकम संघर्ष गरेरै भए पनि पाएकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले आफुलाई कानुनी लगायत बिभिन्न हिसाबले सहयोग गर्नुे ब्यक्ति तथा निकायलाई मनैदेखि आभार प्रकट गर्नुभएको छ । 
‘मलाई कुवेतमा कानुनी परामर्श दिनुहुने खोटाङका नैनाकला राई साथै राजदुतावासका भोगेन्द्र लिङ्देन सर जो कम्पनिमै गयर मलाइ न्याय दिलाउन लागि पर्नुभयो उहाँहरुलाई धेरै धन्यवाद् ।’ 
उहाँले सुरक्षित आप्रवासन परियोजना तथा नवकिरण सेवा समाज दुर्छिमको पहलमा सञ्चालित दिक्तेलस्थित सूचना केन्द्रलाई बिशेष धन्यबाद दिनुभएको छ । उहाँ सुनाउनुहुन्छ– ‘दिक्तेल स्थित सूचना केन्द्र लाई पनि धन्यबाद, सूचना केन्द्रबाट मलाइ कानुनी सल्लाह दिनुभयो साथै दूतावासलाई सहयोगको अपिल गरिदिनुभयो ।’ 
अन्त्यमा उहाँ भन्नुहुन्छ–‘ वैदेशिक रोजगारीमा जानेहरुले मैले जस्तै कागजपत्र साथमा राखेर जानुहोला ।’ अढाई महिना पहिले कुवेतबाट काठमाण्डौं फर्कनुभएको नारायण पराजुलीले थप्नुभयो–‘कागजपत्रले ठूलो काम ग¥यो ।’
फेरि दोहो¥याउनुभयो– ‘मैले यो सबै सूचना केन्द्र दिक्तेलमा  आवद्द भई काम गर्दा सिक्ने मौका पाएको हुँ ।’