साउन २३ ।, जिल्ला विकास समिति खोटाङले संकटग्रस्त क्षेत्र घोषणा गरिएका सुनकोसी आसपासका गाविसका सचिवलाई तत्काल आ(आफ्नो गाबिसमा जान निर्देशन दिएको छ । गत शनिबार सिन्धुपाल्चोकमा गएको पहिरोले थुनिएर सुनकोसीमा जमेको पानीका कारण हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै सुनकोसी आसपासका गाविस सचिवलाई तत्काल सम्बन्धित गाबिसमा जान निर्देशन दिएको हो ।

सम्भावित दुर्घटनाबाट कोसी आसपासका जनधनको बचाउका लागि सहयोग पु¥याउन १४ गाबिसका सचिवलाई तत्काल आ(आफ्नो गाविसमा जान निर्देशन दिइएको निमित्त स्थानीय बिकास अधिकारी दुर्गाबहादुर राईले बताउनुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा जिल्ला बिकास समितिले स्थानीय सञ्चार माध्यममार्फत सार्वजनिक सुचना जारी गर्दै गाबिस सचिवलाई प्रभाबित क्षेत्रमा जान भनेको हो ।

पहिरोले नदी थुनिएपछि सोका कारण हुनसक्ने खतरालाई मध्यनजर गर्दै सुनकोसीको दायाँबायाँबाट दुई सय मिटर क्षेत्रभित्र पर्ने जिल्लाका १४ गाविसका २५ बस्तीलाई संटकग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिले बाहुनीडाँडाको कुर्लेघाट, डिकुवाको टारगाउँ, चारबोटे, डिकुवा र राईघाट, च्यास्मीटारको बालुङमारी, दुर्छिमको हैदे, धितुङको भाडबेँसी गाउँलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यस्तै, राजापानीको भाडबेँसी, गोडेलीघाट र रेग्मीटार, लिच्कीराम्चेको रमाइलो, टेम्कुटार र रसुवाघाट, बराहपोखरीको भोर्लेनी, सुन्तलेको धाप्लाङ, फाक्टाङको मांसिङ्टार, मालबासे र अर्नाटार, पौवासेराको पानीटार तथा देबिस्थानको बुवाजोरघाट, बुवाँबाँध र मैनटारलाई संकटग्रस्त क्षेत्रकोरुपमा सिफारिस गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।

सुनकोसीको खतरा कामय रहेसम्मका लागि कमाण्ड पोष्ट खडा गरिएको जिल्लामा सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै नेपाली सेना, शसस्त्र तथा जनपथ प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । संकटग्रस्त घोषणा गरिएको एक सय १५ किलोमिटर क्षेत्रभित्रका २५ गाउँमा नेपाली सेनाको नेतृत्वमा २५ वटा उद्धार टोलीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।