कांग्रेस क्षेत्र नम्बर–२ को अधिवेशनकाक्रममा गत असार–२१ गते राती निर्घात कुटिएका गाउँ सभापति राईले जिल्ला सभापति राई, पूर्व जिल्ला सदस्य रमेश खड्का, तरुण दलका जिल्ला उपाध्यक्ष भलकाजी गुरुङ र कार्यकर्ता सुमन गुरुङलाई दोषी बनाएर अदालतमा मुद्दा दिएका हुन् । जिल्ला सभापतिकै संलग्नतामा आफुमाथि कुटपिट भएका कारण सभापति सहित चार जनालाई मुद्धा दिएको गाउँ सभापति राईले बताए ।
दोषीलाई कानूनी कारबाही गर्न र उपचार गर्नेक्रममा लागेको खर्चको दाबी गर्दै अदालतमा मुद्धा दिएको पिडित परिवारको भनाई छ । घटना लगत्तै दिइएको उजुरी प्रहरीले दवावमा परेर दर्ता गर्न नमानेपछि अदालत जानुपर्ने अवस्था आएको राईको भनाई छ । कुटपिटबाट राईको टाउको, आँखा र ढाडमा चोट लागेका घाईतेको घाउ जाँचकालागि उसबेला दिएको किटानी जाहेरी लिन समेत प्रहरीले डेढ दिन आलटाल गरेको राईकी श्रीमती शशिकला राईले गुनासो गरिन् ।
क्षेत्रीय अधिबेसनमा आफ्नो पक्षका उम्मेदवारलाई असहयोग गरेको भन्दै गाउँ सभापति राईमाथि दिक्तेलस्थित त्रिवेणीचौकमा कुटपिट भएको उनी निकट नेताहरु बताउँछन् । कुटपिटपछि अस्पतालमा उपचार गराइरहेका राईलाई असार–२२ गते भएको अधिवेशनमा मतदान गर्न स्ट्रेचरमा बोकेर मतदानस्थल पु¥याइएको थियो । कांग्रेस जिल्ला सभापति राईले भने, आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको बताउँदै आएका छन् ।
संबिधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बिष्णुकुमार राईका बिरुद्ध बागी उम्मेदवार दिएकोमा क्षेत्र नम्बर–२ का तत्कालिन सभापति बिष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि रिक्त पदका लागि अर्को अधिबेसन भएको थियो ।
यसैबीच, गाउँ सभापति राईमाथि कुटपिटमा संलग्न दोषीलाई हालसम्म कारबाही नभएको भन्दै महिला सशक्तिकरण समूह लफ्याङ र लाफेहँछा परिवारले बिरोध गर्दैआएका छन् । उनीहरुले दोषीलाई कानूनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै आएका छन् ।