गत असार–२७ गते शिशु जन्मनासाथ मारेर प्लाष्टिकको पोकामा पारेर मकैबारीमा फालेको स्थानीयले जानकारी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नासाथ ज्यान मुद्दा चलाइएको परियारलाई जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेष्तेदार भीष्म प्रसाइँले जानकारी दिनुभयो ।
वैदेसिक रोगजारीको सिलसिलामा श्रीमान विदेशमा रहेको समयमा परपुरुषसँग यौन सम्बन्ध राख्दा गर्भ रहेको र सो पुरुषले साथ नदिएपछि जन्मनासाथ हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । परियारसँग यौन सम्बन्ध राख्ने पुरुषको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङको मुद्दा शाखाका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो ।
परियारको दुई नाबालक छोरीछोरी छन् । आमा कारागार चलान भएपछि उनीहरुको बिचल्ली भएको स्थानीय राजु मुग्रातीले जानकारी दिनुभएको छ ।