
खोटाङ असार–२६, खोटाङमा रही लैङ्गिक हिंसाको बिरुद्ध निरन्तर लड्दै आउनुभएको पूर्व सभाषद तथा महिला अधिकारकर्मी दुर्गाजयन्ती राईलाई पुरस्कृत गरिएको छ । लैंङ्गिक हिंसामा परेका महिला तथा अन्य महिला, बालवालिका, जेष्ठ नागरिक लगायतलाई न्याय दिलाउने भूमिका निर्वाह गरेको भन्दै राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नगद २० हजार रुपैंयाँसहित पुरस्कृत गरिएको हो ।
महिला तथा वालवालिका कार्यालय दिक्तेलले हालै आयोजना गरेको एक कार्यक्रममा पुरस्कृत हुनुभएको राई तत्कालिन नेकपा माओवादीको तर्फबाट सभाषद् बन्नुभएको थियो । हालै गठित नेपाल कम्युनिष्ट पार्टीकाका केन्द्रिय सदस्य राई अन्तरपार्टी महिला सञ्जाल र महिला एकता अध्ययन केन्द्रको अध्यक्ष रहनुभएको छ ।
तत्कालिन नेकपा माओवादी निकट अनेमसंघ क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष रहनुभएको राईराईलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले पुरस्कार प्रदान गर्नुभएको थियो ।