भदौ–२ । बहुविवाह गर्ने पतिविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको छ । दिक्तेल नगरपालिका–४ बस्ने २७ वर्षीया मञ्जुना राईले बहुविवाह गर्ने २८ वर्षीय पति देवेन्द्र राईविरुद्ध कारबाही माग गर्दै उजुरी दिनुभएको हो ।
नौं वर्षीया छोरीलाई समेत बेवास्ता गर्दै दिक्तेल नगरपालिका–५ की २२ वर्षीया रोजिना राईलाई साउन–२५ गते दोश्रो विवाह गरेपछि उजुरी दिनुपरेको पीडित मञ्जुनाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफू त जे पनि गरिएला, छोरीको भविष्यका लागि उजुरी दिन आएकी हुँ ।’
उजुरी परेसँगै उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायव निरीक्ष यादव गौतमले बताउनुभयो ।
यसैवीच, बुइपा–९ धिवा बस्ने सर्मिला राईले आफूलाई कुटपिट गर्ने ससुराविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिनुभएको छ । खानलाउनबाट वञ्चित गराएको, पटक–पटक शारीरिक तथा मानसिक यातना दिएको भन्दै ससुरा रत्नबहादुर राईविरुद्ध उजुरी दिनुभएको हो ।
पीडितले दिएको उजरीको आधारमा आरोपितलाई झिकाएर छलफल गराइने प्रहरीले जनाएको छ ।