जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले यसअघि उनले पाउने सेवासुविधा समेत नपाउनेगरी उनलाई कैद सजाए सुनाएको श्रेष्तेदार भीष्म भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कैद सजाए सुनाइएका आचार्यको बारेमा कागजात मिलाउने काम भइरहेको छ, सकिनासाथ प्रहरीलाई खबर गरेर कारागार पठाइनेछ ।’
गत जेठ–५ गते राहदानी बनाउन जिल्ला प्रशासन आएकी एक महिलालाई उनले कार्यालय समयमै स्थानीय लाक्पा होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेका थिए । करणी प्रयासपछि पीडित महिलाले सोही दिन दिएको उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
महिलाले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दा उनीमाथि करणी नभएको भन्दै अदालतको आदेशमा आचार्यलाई ४० हजार रुपैयाँ धरौटी लिएर २५ दिनपछि तारिखमा छाडिएको थियो । धरौटी बुझाएर रिहा भएका आचार्य हालसम्म कार्यालयमा हाजिर भने, भएका छैनन् ।
उनी मादक पदार्थ सेवन गरेको अवस्थामा पटक–पटक पक्राउ पर्ने गरेका थिए । कार्यालय समयमै मादक पदार्थ सेवन गरेर हिड्ने आचार्य दिक्तेल नगरपालीका–३ का हुन् ।