खोटाङ असार–३१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पहिरोले पशु चौपाय बगाउँदा करिव एक लाख ८० हजार क्षति भएको छ । जालपा सावलुङका भीमबहादुर राईको हल गोरु र दुई वटा गाई बेपत्ता बनाउँदा उक्त क्षति भएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।
घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको र त्यो स्थान अति संवेदनशिल भएका कारण सुरक्षित रहन आग्रह गरिएको प्रहरीले जनाएको छ । वर्षाका कारण पहिरोको त्रास बढेपछि गत असार दोश्रो साता सुरक्षित स्थानमा सारिएका ७ घर परिवारमध्ये राईको गाईगोरु पहिरोले बगाएको वडाध्यक्ष बिकास राईले बताउनुभयो ।
घरभन्दा तल र वरपरको जमिन गत वर्ष लच्किएको र जोखिम बढेका कारण कर्णबहादुर राई, दानबहादुर राई, जीतबहादुर राई, भीमबहादुर राई, हस्तबहादुर श्रेष्ठ, जालपा कादेलका निरकुमार राई र जालपा छिप्तीका हर्कबहादुर तामाङलाई रातका समयमा सुरक्षित स्थानमा बस्ने र दिनमा घरमा आउने व्यवस्था मिलाइएको थियो ।