भदौ–२२, निजामती कर्मचारी दिवसको अवसरमा खोटाङका आठ जना कर्मचारी सम्मानित भएका छन् ।
जिल्लाको शान्ति सुरक्षा तथा विकास निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जबरजङ्ग गण मुडेका गणपति रामबहादुर थापा र सेवामा रहँदा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयका लेखा अधिकृत वेदकुमार श्रेष्ठ, अहेवहरु भवानीप्रसाद राई र त्रिभुवन ढकाल, लोकसेवा आयोगका शाखा अधिकृत गुणराज पाण्डे, जिल्ला मालपोतका खरिदार मोहनकुमार केसी, पूर्व गाविस सचिवहरु नवराज कार्की र तुलसीराम पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
हरेक वर्ष भदौ २२ गते मनाइने दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन आएको सम्झनामा २०६२ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
निजामती सेवाको मान्यता, अनुशासन, इमान्दारी र नैतिकता भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधिस इश्वरीप्रसाद गौतम रहनुभएको थियो ।
औपचारिक कार्यक्रम शुरु हुनुअघि विभिन्न नारा लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो । जिल्ला विकास समितिको समिक्षालय हलामा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, कार्यालय प्रमुख तथा पत्रकारको उपस्थिति रहेको थियो ।