असोज–१, हप्तादिन अघिदेखि सिकिस्त बिरामी परेका नेपाली कांग्रेस खोटाङ क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईको स्वास्थ्यमा सुधार आएको छ ।  टाईफाईट,  निमोनिया तथा जन्डीसले सिकिस्त बन्नुभएका क्षेत्रीय सभापति भट्टराईको बुधबारबाट स्वास्थ्यमा सुधार आएको हो । 
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पूर्व सहमहामन्त्री समेत रहेका भट्टराई एक्कासी बिरामी परेपछि काठमाडौंस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो । पार्टी काममा क्रियासिल रहँदारहँदै बिरामी पर्नुभएका भट्टराईको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको थियो । 
स्वास्थ्यमा सुधार आएलगत्तै डिस्चार्ज भएका भट्टराईले उपचारका क्रममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । बुधबार विज्ञप्ती जारी गर्दै उहाँले उपचारमा संलग्न स्वास्थ्यकर्मी, पार्टी नेतृत्व, शुभचिन्तक लगायतलाई धन्यवाद दिनुभएको हो ।