असोज–१०, स्थानीय १३ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङका एक वृद्धलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । दिक्तेल नगरपालिका–२ का ६५ वर्षीय श्यामप्रसाद आचार्यलाई जिल्ला अदालत जिल्ला अदालत खोटाङको आदेशमा कारागार चलान गरिएको हो ।
पीडित बालिकाले भदौ–३१ गते बिहान भैंसीलाई घाँस लगाउन गएको समयमा बाटो छेकेर बलात्कार गरेको भनेर दिएको उजुरीको आधारमा उनलाई सोही दिन पक्राउ गरिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षणमा बलात्कार भएको ठहरिएपछि उनलाई जबरजस्ती करणी तथा हाडनाता करणी महल अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाको जिल्ला अस्पताल खोटाङमा सामान्य उपचारपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । अस्पताल स्रोतका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।