पक्राउ परेका पोखरेलविरुद्ध सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अपराधमा संलग्न जिल्लाका जोसुकैले पनि छुट पाउने छैन, त्यहीमाथि पोखरेल सरकारी कर्मचारी भएकाले उनीमाथि हदैसम्मको कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छु ।’
कात्तिक–१ गते पक्राउ परेका पोखरेललाई हिरासतमा राखेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँका अनुसार उनले मातेको सुरमा होटल सञ्चालक शेर्पालाई घरैमा हातपात गरेको स्वीकारेका छन् ।
दुई वर्षअघिदेखि कारागार शाखा खोटाङमा कार्यरत पोखरेल दैनिकजसो मातेर बस्ने गरेको कारागार शाखाका जेलर चित्राखर आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दिउँसै मादक पदार्थ सेवन गरेर हिँड्ने अहेव धेरैजसो काममा नै आउँदैन थे ।’